आहा गोल्डकप फागुन अन्तिममा


पोखरा, पुस २६
 
आहा रारा गोल्ड कप फुटवलको १२ औं संस्करण पोखरामा आगामी फागुनको तेश्रो साताबाट हुने भएको छ । आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता पोखरा रंगशालामा फागुन २० देखि चैत १ गतेसम्म संचालन हुने जानकारी गराएको हो । 
 
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजनागर्न लागिएको क्लबका अध्यक्ष विरभद्र आचार्यले बताउनुभयो ।  
यसअघि माघमा आयोजना हुादै आएको प्रतियोगिता संविधान सभाको निर्वाचन र ए डिभिजन लिगका कारण एक महिना पछि धकेलिएको हो ।
 
हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजनमा ११ दिनसम्म संचालन हुने प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी टिम, आयोजक गरी १२ टोलीको सहभागिता रहनेछ ।  
क्लवले  आहा रारा गोल्ड कप तथा दाताको सहयागले पोखरा १७ दोविल्लामा २ करोडको सहारा एकेडेमी तयार पारेको छ ।
 
एकेडेमीमा विपन्न बर्गका वालकहरुले फुटवलसागै अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।  एकेडेमीको तेश्रो व्याजमा हाल १० जिल्लाका १७ बालकहरु बस्दै आएका बरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताउनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्