यस्तो छ साउने संस्कृति
‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ’ संस्कृतिविद प्राध्यापक श्रीकृष्ण अधिकारीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाहरुको लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’ साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो’ संस्कृतिविद अधिकारीले भन्नुभयो ।चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् ।
साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्