स्टेप वाई स्टेप वोर्डिङ स्कुलका शिक्षकलाई छात्राद्धारा यौनदुव्र्यवहारको आरोप

चैत ७ –स्टेप वाई स्टेप वोर्डिङ स्कुलमा गणित विषय पढाउदै आइरहेका शिक्षकले बिधार्थीलाई यौनदुव्र्यवहार गरेको घटनामा हिजो  लाठी चार्जसमेत हुन पुगेको थियो  । शिक्षक पुर्नवहालिको माग गर्दै शरदपुरस्थित स्टेप वाई स्टेप वोर्डिङ स्कुलमा आन्दोलित बनेको समुहलाई नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज गरेको थियो । लाठिचार्जवाट ६ जनाबढि घाइते भएका थिए।
हाल एसएलसी दिदै गरेकी छात्रा माथि यौनदुव्र्यवहार गरेको शिक्षकमाथि आरोप छ ।तर उता घटनाको सत्य तथ्य पत्ता लगाएर दोषिलाई कारवाहि गरिनुपर्ने अभिभावकहरुको माग रहेको छ । यौन आरोप लागेका शिक्षकलाई बिधालय प्रशाससनले भने चैत्र ३ गते शिक्षकलाई राजिनामा दिन लगाएको थियो ।
उता ३० गते  यौन यौनदुव्र्यवहार को आरोप लागेका शिक्षकले भने प्रशासनले सत्य तथ्य पत्ता नलगाई एक तर्फी भनाईको आधारमा आफुमाथि झुटो आरोप लगाएको दाबी गर्नुभयो ।गएको वर्ष कक्षा ९ मा भर्ना भएकी उक्त छात्राले बिधालय होस्टलको वातावरण बिगारेको भन्दै बिधालयप्रशासनले केहि समय पहिले होस्टलबाट उनलाई हटाएको पनि थियो । आरोपि शिक्षकले बिधार्थीलाई घरमै होम ट्यिुस्न पढाउदै आएका थिए ।
Scorce: khabarchitwan.com

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्