कपाल फुल्नबाट बचाउने उत्तम उपाय

आफ्नो वृद्ध आयुभन्दा अगाडि नै कपाल फुलेर हैरान भएको पाइन्छ। समय अघि नै कपाल सेतो हुनबाट रोक्नका लागि केही घरेलु उपायहरू अपनाउन र आफ्नो कपाललाई समय दिन सकेमा चाडै कपाल फुल्नबाट रोक्न सकिन्छ। तपाई पनि जान्नुस् कपाल फुल्नबाट जोगाउने केही उपाय।
सर्वप्रथम अलिभ आयललाई लौकाको जुसमा मिक्स गर्नुपर्छ। यसलाई राम्रोसँग मिचेर कपालको जरासम्म पुग्ने गरी लगाउनुपर्दछ। कम्तीमा एक घण्टा राखेपछि कपाल पखाल्दा कपाल फुल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

आफ्नो डाइटमा प्रोटिन र आइरनको मात्रा क्वान्टिटी बढाउनु पर्दछ।

कपाल फुल्नबाट रोक्नका लागि सन्तुलित भोजन आवश्यक पर्दछ। त्यसैगरी, दूध, दही, सलाद, हरियो साग–सब्जीहरू, प्रोटिन, अमला आदि बस्तु आफ्नो खानामा समावेश गर्नुपर्दछ।

दैनिक एउटा अण्डा खाने गरेमा कपाललाई स्वस्थ राख्न मद्दत गर्दछ। अण्डा नभए यसको साटो पनीर पनि प्रयोग गर्न सकिन्छ।

यदि तपाईको कपाल बेसमयमै फुल्ने समस्या छ भने यो( हेरिडिटी} बंशानुगत हो भने यसको उपचार मुश्किल छ। यस्तोमा मेहन्दीमा अमला, शिकाकाईको पेस्ट बनाएर हरेक हप्ता कपालमा लगाउनु राम्रो हुन्छ। यसले गर्दा कपाल सेतो हुने क्रम घट्दै जान्छ।

त्यसैगरी मानसिक तनावबाट बच्न सकेमा कपाल फुल्नबाट बचाउन सकिने अर्का उत्तम उपाय हो।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्