भाइरसका सम्बन्धमा केही भ्रम र तथ्यहरू .. . . . . . . .

१. भ्रम : इन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन । तथ्य : इन्टरनेट नभए पनि पेन ड्राइभ, सिडी, मोबाइल फोन, क्यामेरा आदि कम्प्युटरसग जोडिएका हरेक कुराबाट भाइरस सर्न सक्छ । २. भ्रम : भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ । तथ्य : भाइरसले डाटासम्म विगार्न सक्ने भए पनि कम्प्युटर हार्डवेयर विगार्न सक्दैन । ३. भ्रम : EXE फाइलमा मात्र भाइरस हुन सक्छ । तथ्य : EXE मात्र होइन फल्यास, पिडिएफ अनि वर्ड र एक्सेलका रूपमा पनि भाइरस आउन सक्छ। ४. भ्रम : कम्प्युटरको समस्या भाइरसका कारणले मात्र आउन सक्छ । तथ्य : अधिकांश कम्प्युटरका समस्या भाइरसका कारणले उत्पन्न भएका हुदैनन् । ५. भ्रम : फायरवल इनेवल गरेपछि एन्टिभाइरस नहाले पनि हुन्छ । तथ्य : फायरवलले नेटवर्कबाट छिर्ने केही शंकास्पद गतिविधिको निगरानी गर्ने भए पनि भाइरसबाटै बचाउन सक्दैन । ६. भ्रम : प्रायः भाइरस बनाउनेले ठूला–ठूला कम्पनी तथा व्यक्तिका कम्प्युटरलाई मात्र निशाना बनाउछन् । तथ्य : – भाइरस सरुवा रोग जस्तै हो जुन जस्तो कम्प्युटरमा पनि लाग्न सक्छ
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्