Break,
News
»
एसएलसी: गणितको प्रश्नपत्रमा त्रुटी नै त्रुटी
एसएलसी: गणितको प्रश्नपत्रमा त्रुटी नै त्रुटी

अछाम: यस वर्षको एसएलसी परीक्षा अन्तरगत आइतबार सुदूरपश्चिमा सम्पन्न अनिवार्य गणित विषयको प्रश्नपत्रमा त्रुटीपूर्ण प्रश्न फेला परेको छ ।
गणित विषयको प्रश्नपत्रमा 'समुह ए' र 'समुह बी' अन्तरगत ६ अंक बराबरको त्रुटीपूर्ण प्रश्न सोधिएको फेला परेको हो । प्रश्नपत्रमा 'समुह ए' को प्रश्न नम्बर १ को ‘क’ मा दुई अंक बराबरको र समुह बी को प्रश्न नम्बर १३ मा चार अंक बराबरको गलत प्रश्न सोधिएको परीक्षार्थीहरुले बताएका छन् ए समुहको प्रश्नमा एक्स प्लस १ हुनुपर्नेमा जेड प्लस १ भएको छ भने प्रश्न नम्बर १३ को दोस्रो पदको हरमा भी फोर पल्स यु फोर हुनुपर्नेमा पदको हरमा भी फोर माईनस् यु फोर भएको छ । परीक्षार्थीले प्रश्नमा त्रुटि देखिए पछि अन्यौलमा परेको बताएका छन् ।
अछामका जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले त्रुटिपूर्ण प्रश्न बारे परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराईसकिएकाले विद्यार्थीले स्वतः नम्बर पाउने जानकारी दिए ।
यस्तै कञ्चनपूरका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले प्रश्न पत्रमा त्रुटि भेटिएकाले टिप्पणी उठाएर क्षेत्रीय शिक्षा निर्देशनालयमा पठाएको जानकारी दिए ।
निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन प्याब्सनका क्षेत्रीय संयोजक हिरा धामीले एसउलसी जस्तो राष्ट्रिय महत्वको परीक्षाको प्रश्न पत्रमा पनि त्रुटि गर्नेकाम परीक्षा नियन्त्रण कार्यालयको गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।
उनले विद्यार्थीको भविश्यमाथि खेलवाड गर्न नहुँने भन्दै उक्त प्रश्नपत्र पाउने सबै परीक्षार्थीले स्वतः अंक पाउनुपर्ने बताए ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्