के तपाईलाई तास सम्बन्धी यी रोचक जानकारी थाहा छ ?

playing_cards-wallpaper-1440x960 चाडबाडको बेलामा अत्यधिक तास खेलिन्छ । हामीमध्ये धेरैले तास खेल्ने गरे पनि थोरैलाई तास सम्बन्धी यी रोचक जानकारी थाहा हुन सक्छ । तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग हुने गरेको हो, तासको वास्तविकता भने अर्कै छ । तासमा चार रङ हुन्छन् ।
यि रङहरुको अर्थ यसप्रकार छ:-  पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो । चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो । ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो । भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो । अर्थात्, तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन । एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गड्डीमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ ।
एक्कादेखि बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । Leap Year अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा Leap Year को लागी हो ।
एकिनसाथ तिथि-मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । भनिन्छ, त्यसबेला चिनको बादशाहका धेरैवटी रानिहरु हुनेगर्थे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो । अनि ति रानिहरुले दिन्, महिना ऋतु, थाहा पाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्