Break,
News
»
बसन्तपुरमा किशोरीमाथि ‘एसिड प्रहार गर्ने’ पक्राउ.
बसन्तपुरमा किशोरीमाथि ‘एसिड प्रहार गर्ने’ पक्राउ.

चैत्र ६ । काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमणको अभियोगमा जीवन बिक नाम गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका बिकलाई आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।
एसएलसी परीक्षा दिने तयारीमा रहेका रामेछापकी १६ वर्षीया संगीता पुलामी मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि गत फाल्गुन १० गते काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्न गएको बेला एसिड प्रहार गरिएको थियो ।
एसिड प्रहारबाट संगीता गम्भीर घाइते भएकी छन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
अर्की घाइते सीमाको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ । एसिड पीडित दुबैले अस्पतालबाटै एसएलसी परीक्षा दिइरहेका छन् ।
-
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्