जुन होटलमा सम्बन्ध विच्छेद मात्र गराइन्छ | Divorce Hotel |
यो होटेल आफूले निकै किफायती अनि सहज तरिकाले डाइभोर्स गराउने गरेको दाबी गर्छ । भन्छ– ‘परम्परागत तरिकाले महँगो मूल्यमा डाइभोर्स गराउनुको साटो उच्चकोटिका पेसेवर वकिलहरूसहितको हाम्रो होटेलमा आए दुई–तीन दिनमै आरामले डाइभोर्स गराएर पठाइदिन्छौँ ।’ होटेलका निर्देशक जिम हालफेन्स भन्छन्– ‘पूरै दुनियाँ हाम्रो यो नयाँ योजनाबारे ध्यान दिएर हेरिररहेको छ । हाम्रो उद्देश्य एउटै हो– झटपट तलाक गरिदिनु ।
तपाईं आफ्नो पार्टनरसँग छुट्टिने निर्णय गर्नुहुन्छ र त्यसका लागि परम्परागत तरिका अपनाउनुहुन्छ भने ठूलो झन्झटको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यदि तपाईं शतप्रतिशत तलाकको निर्णय गर्नुहुन्छ भने हाम्रोमा आउनुस् अनि बिनाझन्झट छुटकारा पाउनुस् ।’ नेदरल्यान्डमा यो होटेलका २० वटा शाखा छन्, जहाँ तपाईं यहाँका वकिलको टिममध्येबाट एक जनाको सहयोगमा १५० युरो प्रतिघन्टा वा ११९९ युरोबराबरको निश्चित रकम तिरेर तलाक हासिल गर्न सक्नुहुन्छ ।




0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्