सर्यो रत्ननगर महोत्सव, माघ १४ देखि आयोजना गरिने

भरतपुर । हरेक दुई दुई बर्षमा आयोजना गरिदै आएको रत्ननगर महोत्सव १९ दिन पछाडी सारिएको छ । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण र्सिजित परिस्थितिका कारण महोत्सब सार्नु परेको आयोजक रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक दुई दुई बर्षमा पुस २६ गते देखि माघ ५ गते सम्म टिकौली चौरमा महोत्सव आयोजना गर्दै आएको थियो । मुलुकको असहज परिस्थितिका कारण महोत्सव १९ दिन पछाडी माघ १४ गते देखि माघ २४ गते सम्मलाई सारिएको संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिनुभयो । संघले आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव सारिएको जानकारी दिएको हो । १९ दिन पछाडी सार्दा अबस्था सहज हुने आकलन गरी महोत्सव सारिएको अध्यक्ष विसुरालले बताउनुभयो । मुलुकनै ठप्प हुने अबस्था नआए दोश्रो पटक मिति नसर्ने उहाँले स्पष्ट पार्नुभयो । महोत्सवको आन्तरिक काम भईरहेको र अहिले सम्म ६५ प्रतिशत अर्थात ३०० स्टल बुकिङ भईसकेको संघका उपाध्यक्ष राजाराम रेग्मीले जानकारी दिनुभयो । कृषि र पर्यटनलाई प्राथमिकता दिदै आएको रत्ननगर महोत्सव यस पटक आठौं संस्करण हो । यस पटक कृषि,पर्यटन र बैकल्पिक उर्जालाई महोत्सवमा प्राथमिकता दिईने संघका निर्वतमान अध्यक्ष दीपक कुमार कर्माचार्यले जानकारी दिनुभयो ।Ratnanagar-mahotsav

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्