मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित

मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित
Nepal Vs Bangladesh  (2)3 पुस, काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका क्रममा भएको मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बुधबार ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग १-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशले १८ औं मिनेटमा रोनीको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा नेपाली कप्तान अनिल गुरुङले गोल गर्ने राम्रो मौका गुमाए । दोस्रो हाफमा अनिलको स्थानमा बिमल घर्ती मगर मैदान प्रवेश गरे ५४ औं मिनेटमा बंगलादेशका यासिन खानले गोल गरेका थिए तर, रेफ्रीले अफसाइड दिए । ६१ औं मिनेटमा रोहित चन्दले गोल गर्ने मौका गुमाए भने ७४ औं मिनेटमा उनको प्रहार क्रस बारमा लागेर फर्कियो । नेपाली टोलीले केही दिन ढाकामा अभ्यास गर्ने छ र साफका लागि भारत आउनेछ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्