लोडसेडिङ अन्त्य गर्न छोराको नाम जेनेरेटर, छोरीको नाम उजेली राखिने

गत वर्ष रुसमा विलय भएको क्राइमियामा हप्तौँसम्म लगातार लोडसेडिङ भएपछि त्यहाँका सांसदहरुले लोडसेडिङ अन्त्य गर्न अनौठो शैली अपनाएका छन् । सांसदहरुले नयाँ जन्मिने शिशुहरुको नाम जेनेरेटर राखेर लोडसेडिङ अन्त्य हुने जुक्ति निकालेका हुन् ।
सुन्दैमा अचम्म लाग्छ । युक्रेनबाट छुटि्टएको क्राइमिया अहिले उर्जासंकटबाट गुजि्ररहेकेा छ । गत नोभेम्बर २२ मा युक्रेनबाट क्राइमियामा विद्युत आपूर्ति भैरहेको प्रशारण लाइनमा अज्ञान आक्रमणकारीले बम आक्रमण गरेर क्षति पूराएसँगै क्राइमिया अन्धकारबाट गुजि्ररहेको छ ।
रुसले आफ्नो क्रास्नोडार क्षेत्रबाट समुद्रमुनि विजुलीको तार विछ्याएर क्राइमियामा विद्युत आपूर्ति गर्ने प्रयास गरिरहेको छ । यसको पहिलो चरण अन्तरगत गत बुधबार राष्ट्रपति भ्लादमिर पुटिन क्राइमिया पुगेर विद्युत आपूर्तिको उद्घाटन गरेका थिए ।
सायद रुसको त्यहीँ कदमको समर्थन गर्नका लागि होला संसदले बच्चाबच्चीको नाम नै जेनेरेटर राख्न आग्रह गरेकोछ । स्थानीय संसदका सभामुख भ्लादिमिर कोन्स्तान्तिनोभले केही दिनअघि संसदमा बोल्दै अभिभावकलाई एउटा आग्रह गरे । सरकारले क्राइमियाको उर्जा संकट समाधानका लागि गरेको प्रयासलाई सम्मान गर्दै आफ्ना नवजात छोरीहरुको नाम स्भेता अर्थात् उजेली र छोराको नाम जेनेरेटर राख्न अभिभावकहरुलाई आग्रह गरेका रुसी संचार माध्यमहरुले जनाएका छन् ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्