रोबट-२ मा रजनीकान्त हिरो, अक्षय भिलेन

मुम्बई
। बलिउड नायक अक्षय कुमार दक्षिण भारतका चर्चित नायक रजनीकान्तसंगै
‘रोबर्ट-२’ मा देखिने भएका छन् । यस चलचित्रमा अक्षय खलनायकको रुपमा देखिने
भएका हुन् ।
अक्षयले ट्वीट गरेर यसको पुष्टि गरेका छन् । ‘बर्षको अन्तमा यो भन्दा
रमाईलो अरु के हुन सक्छ । सुपरस्टार रजनीकान्तसँग ‘रोबोट-२’ मा सहभागी हुने
अवसर पाएको छु ।’ उनले भने ‘म एकदमै उत्साहित छु ।
यसमा अक्षय र रजनीकान्तको साथमा नायिका एमी ज्याक्सनले पनि महत्वपूर्ण
भुमिका निर्वाह गर्ने भएकी छिन् । रोबोर्ट -२ रोवोर्टको सिक्वेल हो ।
यसको सुटिङ आउदो वर्ष सुरु हुने भएको छ । यसको संगीत एआर रहमानले गर्ने भएका छन् ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्