बाजिराव मस्तानी सर्वोत्कृष्ट चलचित्र
सन् २०१५ को अन्तिममा प्रदर्शनमा आएको
चलचित्र बाजिराव मस्तानीले ६१ औं फिल्मफेयर अवार्डमा सर्वोत्कृष्ट
चलचित्रको अवार्ड जितेको छ । शुक्रबार राति ६१ औं फिल्मफेयर अवार्डको घोषणा
गरिएको हो ।
यो
वर्षको फिल्मफेयर अवार्डमा बाजिराव मस्तानी र पिकुले सबै धेरै विधामा
अवार्ड जितेका छन् । चलचित्र बाजिराव मस्तानीबाट रणवीर सिंहले सर्वोत्कृष्ट
अभिनेता तथा सञ्जय लिला भन्सालीले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका
छन् ।
प्रियंका चोपडाले बाजिराव मस्तानीबाटै
सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् । दीपिका पादुकोणले चलचित्र
पिकुबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । क्रिटिक्स च्वाइस अवार्ड
पनि चलचित्र पिकुले पायो ।
चलचित्र पिकुबाटै अमिताभ बच्चनले
क्रिटिक्स च्वाइस तर्फको सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए । क्रिटिक्स
च्वाइस तर्फ सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलिचित्र तनु विड्स मन्नुबाट
कंगना रनौतले पाइन् ।
चलचित्र मसानबाट निरज घायवनले
सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड जिते । यो वर्ष अभिनेत्री मौसमी
चटर्जीलाई लाइफटाइम अचिवमेन्ट अवार्डबाट सम्मानित गरियो ।
चलचित्र हिरोबाट सुरज पञ्चोली तथा दम लगाके हैंसेबाट भूमी पेडनेकरले सर्वोत्कृष्ट नवअभिनेता तथा नवअभिनेत्रीको अवार्ड जिते ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्