सुनको भाउ बढ्यो
महासंघका अनुसार यस अघि गएको वर्षको
कात्तिक महिनामा सुन यही भाउमा कारोबार भएको थियो । अमेरिका, युरोजोन लगायत
विश्वका शेयर बजारमा गिरावट आइसुरक्षित लगानीका लागि सुनको माग बढेकाले
भाउ पनि उकालो लागेको हो । यो हप्ता सुनको भाउमा खासै धेरै उतारचढाव आएन ।
हप्ताको पहिलो दिन आइतबार तोलामा ५५ हजार
पाँच सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सय रुपैयाँले घटेर ५५ हजार ४
सय रुपैयाँमा झ¥यो । त्यसपछि मंगलबार ८ सय रुपैयाँले घटेर तोलामा ५४ हजार
६ सय र बुधवार फेरि चार सय रुपैयाँले बढेर तोलोको ५५ हजार रुपैयाँमा
पुगेको थियो ।
बिहीबार भने अघिल्लो दिनकै भाउमा कारोबार
भएको सुन शुक्रबार फेरि ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा
सुनको बजार अस्थिर रहेको र डलर पनि मजबुत बन्दै गएकाले भाउमा उतारचढाव आएको
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
सुनको बजारमा अस्थिरता बढेकाले पर्ख र
हेरको अवस्थामा पुगेको उहाँले बताउनुभयो । यो हप्ता चाँदी भने तोलामा ५
रुपैयाँले घटेको छ । अघिल्लो हप्ता तोलामा ७ सय ४५ रुपैयाँमा कारोबार भएको
चाँदी शुक्रबार ७ सय ४० रुपैयाँ छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्