डलरको मूल्य बढ्दा खाडीमा काम गर्ने नेपालीलाई फाइदा, मलेसियामा काम गर्नेलाई घाटा

अहिले अमेरिकी डलरको भाउ बढेको छ । डलरको भाउ बढ्दा नेपालमा आउने रेमिट्यान्समा वृद्धि हुन्छ । डलरको भाउ बढेपछि विदेशमा रहेका नेपालीहरुले सरसापट गरेर भएपनि पैसा पठाउँछन् । तर अहिले मलेसियामा भने डलरको भाउ बढेपनि यहाँ कार्यारत नेपालीलाई फाइदा छैन् । यसको तुलनामा खाडीका कामदारलाई भने फाइदा हुने देखिन्छ । यसै सेरोफेरोमा उज्यालो सहकर्मी भूमिराज पराजुलीले आइएमई मलेसियाका प्रबन्ध निर्देशक दिवाकर पौडेलसँग गरेको कुराकानी :

डलरको मूल्य बढ्दा यहाँ कार्यरत नेपालीलाई के फाइदा हुन्छ ?

डलरको भाउ बढेसँगै सम्बन्धित देशको पनि रेमिट्यान्सको प्रवाह बढ्नु पर्ने हो । तर मलेसियाको समग्र आर्थिक अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । यहाँको रेमिट्यान्समा वृद्धि हुन सकेको छैन् । यहाँको मुद्राको भाउ कमजोर हुँदै भएको छ । त्यसैले डलरको मूल्य बढे पनि यहाँबाट रेमिट्यान्स पठाएर नेपाली कामदारले त्यति फाइदा लिन सक्दैनन् ।

डलरको मुल्य बढ्दा मलेसियाको मुद्रामा कस्तो प्रभाव पार्छ ?

डलरको मुल्य बढ्दा यहाँको रिंगिट कमजोर हुन्छ । डलरको मूल्य बढ्नु भनेको डलरको मुल्य बलियो हुनु हो । विदेशबाट सामान आयात तथा निर्यात गर्दा प्रत्यक्ष असर पर्छ । मुदा्र सटहीमा असर पर्ने भएको आयात निर्यातमा समस्या देखिने हो । बाहिर अर्को देशबाट आउने वस्तुको मुल्य समेत बढ्ने भएकोले डलरको भाउ बढ्दा अन्य देशलाई फाइदा भन्दा नोक्सान नै बढि छ । जस्तो कि अहिले एक अमेरिकी डलर साट्न मलेसियन ४ रिंगिट तिर्नुपर्छ । यदि डलरको भाउ ५ प्रतिशत बढ्यो भने एक अमेरिकी डलर साट्न ४ रिंगिट २० सेन्ट लाग्यो ।

डलरको भाउ बढ्दा कस्ता देशमा रहेका नेपालीलाई फाइदा पुग्छ त ?

अहिलेको विश्व अर्थतन्त्रमा सबल राष्ट्र जुन जुन देशमा नेपाली काम गरिरहेका छन् त्यस देशमा बस्ने नेपालीलाई अहिलेको बढेको डलरले फाइदा पुर्याउँछ । जस्तै : युएई, कतार, साउदी अरबजस्ता देशमा काम गर्ने नेपालीलाई फाईदा हुन्छ । ती देशहरुको अर्थतन्त्र सवल छ । स्थिर छ । मलेसियाको जस्तो अथतन्त्र कमजोर र अस्थिर आर्थिक अवस्था भएका देशमा रहेका नेपालीलाई भने बढेको डलरले केहि पनि फाइदा पुग्दैन् ।

भनेपछि खाडीका देशमा काम गर्ने नेपालीहरुले नेपाल पैसा पठाउँदा फाइदा हुने भयो ?

हो । खाडीका देशमा काम गर्ने नेपालीले नेपाल पैसा पठाउँदा फाइदा हुन्छ । किनकी खाडीका देशहरुको आर्थिक अवस्था सवल छ । स्थिर छ । त्यहाँ कार्यरत नेपालीका लागि स्थानीय बजारमा सामान खरिद गर्दा केहि महँगो हुने भए पनि नेपाल पैसा पठाउँदा चाहिँ फाइदा नै हुन्छ । डलर बढ्दा सटही रेमिट्यान्सको पनि भाउ बढ्ने हुँदा खाडीका देशमा रहेका नेपालीलाई फाइदा हुन्छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्