के तपाई जवान देखिन चाहानुहुन्छ ? यदी चाहानुहुन्छ भने पुरुषका लागि यी सामान्य ७ उपाय अपनाउनुहोस
सुन्दर र जवान हुने चाहना सबैलाई हुन्छ । यसका लागि महिलाले विभिन्न उपाय अपनाउने भएपनि पुरुष भने लजाउने गर्छन् । आफ्नो जीवनशैलीलाई अलिकति मात्र परिवर्तन गर्न सकियो भने जवान र सुन्दर देखिन सकिन्छ ।
जुन अपनाउँदा न लाज हुन्छ न त साइड इफेक्ट नै । दैनिक सेभिङ नगर्ने धेरै पुरुषलाई सफाचट् हुने रहर हुन्छ । दाह्री नभएपछि जवान र सुन्दर देखिन्छ भन्ने भ्रम छ । तर, दैनिक सफाचट् हुने बानीले फाइदा गर्दैन । बरु दैनिक सेभिङका कारण छालामा पत्र बस्न जान्छ र झन् कुरुप र बुढो देखिन्छ । गर्नुहोस् मस्चराइज मस्चराइजले छालालाई सुख्खा हुनबाट जोगाउँछ । सुख्खा छालाले सबै पुरुषलाई वास्तविक उमेर भन्दा बुढो देखाउँँछ । मस्चराइजिङले छालामा रिंकल बस्नबाट पनि जोँ ।
यसकारण आफ्नो अनुहार सधैँ सफा गरेर मस्चराइज गर्नुपर्छ । यदि धेरै तैलीय छाला छ भने सोप–फ्री क्लिजरको प्रयोग गर्दा राम्रो हुन्छ । क्लिजिङ गर्दा राम्रो आफ्नो दैनिकीमा क्लिजिङ मात्रै थप्ने हो भने पनि अनुहारमा चमक ल्याउन समय लाग्दैन । प्रतिदिन दुईपल्ट क्लिजिङ मात्रै गर्ने हो भने छालामा जमेको धुलो र फोहोर हटाएर स्वस्थ बनाउँछ । यो सेभिङ गर्नुभन्दा पहिले गर्दा राम्रो हुन्छ । जसले सेभिङमा अप्ठ्यारो नपारेर छाला बिगार्न दिँदैन । सनस्क्रिन लगाउँ सधैँ पुरुषहरु सुन्दरतामा ध्यान दिन्छन् तर मुख्य कुरामा वास्ता गर्दैनन् । घरबाट निस्किनुअघि सनस्क्रिन सबैका लागि जरुरी हुन्छ ।
घामले महिला वा पुरुष नछुट्याउने भएकाले जवान र सुन्दर देखिन रहर गर्नेले सनस्क्रिन लगाउन भुल्न हुँदैन । आँखाको हेरचाह धेरैले एउटै गल्ती गर्छन्, त्यो हो सुन्दरताका लागि अनुहारको छालामा गोरोपन ल्याउनुपर्छ । तर, कसैले पनि सबैभन्दा चाँडो ठोक्किन जाने आँखाको वास्ता गर्दैनन् । आँखाको हेरचाह गर्दा जवान देखिने मात्रा अझै बढ्छ । किनभने आँखाको वरिपरि आउने चाउरीपनाले उमेर समेत बढी देखाउँछ । पानी र तनावका कारण आँखा वरिपरि यस्तो हुन जान्छ । जसलाई नियमित रुपमा ख्याल गर्न सके राम्रो हुन्छ ।
अनुहारको सफाइ बिहान उठ्नेबित्तिकै अनुहारमा पानी लगाएपछि दिनभर वास्ता नगर्ने धेरैको बानी हुन्छ । तर, अनुहारमा उज्यालो ल्याउनु छ भने कम्तिमा चारपल्ट अनुहारको सरसफाइ जरुरी छ । अझ तैलीय छाला भएमा त सफाइको मात्रा बढाउन जरुरी छ ।
दाँतको ख्याल अरुको आँखामा चाँडै पर्नेमध्य दाँत अग्रपंतिमा आउँछ । आँखा जुधेपछि त्यो नजर दाँतमा ठोकिन्छ । त्यसैले दाँतको ख्याल गर्ने र सरफाइ गर्ने कुरामा कहिल्यै पछि पर्नुहुँदैन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्