नाङ्गो भएपछि मात्रै परीक्षा दिन पाइने !

भारतको बिहारमा परीक्षार्थीलाई कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएको विषय विवादमा तानिएको छ । सेनामा भर्तीका लागि आवेदन दिएका युवालाई लिखित परीक्षामा कपडा खोल्न लगाएको विषय विवादमा तानिएको हो  ।
त्यहाँ सेनामा भर्ती हुन आवेदन दिएका झण्डै ११ सय जनालाई कपडा खोलेर परीक्षामा सामेल गराइएको थियो । भारतीय रक्षा मन्त्रालयले सेना प्रमुखसँग यसबारे स्पष्टिकरण मागेको छ । परीक्षार्थीलाई चिट चोर्नबाट रोक्नका लागि सेनाले कपडा खोल्न लगाई परीक्षामा सामेल गरेको हो । परीक्षामा चिट चोर्ने घटनामा बढ्दै गएकाले गएकाले सबैलाई खानतलासी गरेर परीक्षा हलमा प्रवेश गराउँदा समय लाग्ने भएकाले कपडा खोल्न लगाएको सेनाका अधिकारीले प्रतिक्रिया दिएका छन् । तर एक वरिष्ठ अधिकारीले भने यो सेनाको गल्ती भएको भन्दै कपडा शारीरिक र मेडिकल जाँच गर्दा मात्रै खोल्नु पर्ने बताएका छन् । पछिल्ला वर्ष बिहारमा स्कूल तथा कलेजका परीक्षामा चिट चोर्ने प्रवृत्ति बढिरहेको घटना सार्वजनिक भइरहेको छ । 

– एजेन्सीको सहयोगमा

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्