धरहरा बनाउन पच्चीस लाख सहयोग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती सङ्घले धरहराको नवनिर्माण गर्न सहयोगस्वरुप रु २५ लाख हस्तान्तरण गरेको छ । 
प्रधानमन्त्री ओलीलाई सङ्घकी अध्यक्ष श्रीमती रीता क्षत्रीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माण कोषमा रहने गरी २५ लाखको चेक हस्तान्तरण गरेका छन्।

सोही अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सङ्घले भूकम्पपीडित आवास व्यवस्थाका लागि रु १४ लाख उपलब्ध गराएको थियो । भूकम्पबाट क्षति भई पुनःस्थापना गर्नुपर्ने सामुदायिक विद्यालय छनोटको प्रक्रियामा रहेको हुँदा छनोट कार्य सम्पन्न हुनासाथ विद्यालय निर्माणका लागिसमेत सङ्घले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

भूकम्पबाट क्षति भएको ऐतिहासिक भीमसेन स्तम्भ, सामुदायिक विद्यालय भवनको पुनःनिर्माण तथा सङ्घको कल्याणकारी राहतका कार्यक्रमलाई कोष व्यवस्थापन गर्न भारतीय एवम् नेपाली कलाकारको सहभागितामा ‘अमर पक्षी’ साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । रासस 

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्