चिर्पटले हानेर एक युवकले गरे अाफ्नै अामाको हत्या
घरायसी झगडा हुँदा सोमबार बिहान ३ बजेतिर पृथ्वीनगर–२ का देशु भनिने २४
वर्षीय देशराज तामाङले चिर्पटले हानेर ४५ वर्षीया अाफ्नी अामा तारादेवीको
हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको
थियो। हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको
झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए।
घटनाका सम्बन्धमा देशराजले आमाको रिसइवीका कारण मारेको स्वीकारेका प्रहरीले जनाएको छ। रासस



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्