अष्ट्रेलियाका विद्यार्थी नेपालको अध्ययनमा
नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिने क्रम वर्षेनि बढ्दो छ।
अष्ट्रेलियाको सरकारी स्वामित्वको ग्रिफिथ विश्वविद्यालयले रहनसहन,
संस्कृति, सामाजिक विविधता तथा अपराधसँग सम्बन्धित विषयवस्तुबारे व्यवहारिक
ज्ञान आर्जनका लागि भन्दै २० जना विद्यार्थीलाई नेपाल पठाएको हो । नेपालका
लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले सामाजिक अध्ययनका लागि
अष्ट्रिलियाले आफ्ना विद्यार्थीलाई नेपाल पठाएको यो पहिलो घटना भएको बताए।
ग्रिफिथ विश्वविद्यालयले विश्वविद्यालयको शिक्षालाई समुदायसँग जोडेर
प्रयोगात्मक अभ्यास गराउने क्रममा नेपाली समुदाय रोजेको हो ।
विश्वविद्यालयका २० विद्यार्थीले ३ जना प्रोफेसरसहित काठमाडौं आसपासका
विभिन्न स्थानमा पुगेर समुदायसँग अन्तक्र्रिया गरेका छन् ।
उनीहरुले विभिन्न विद्यालयका विद्यार्थीसँग समेत साक्षात्कार गरेका छन् ।
अष्ट्रेलियन विद्यार्थीहरुले नेपालको रहनसहन र सामाजिक विविधताबारे
समुदायमै पुगेर बुझ्न पाउनु आफूहरुका लागि ठूलो उपलब्धि भएको बताए।
तीन साताको नेपाल बसाइमा आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै
अष्ट्रेलिया फर्केर अरु विद्यार्थीलाई पनि सामाजिक अध्ययनका लागि नेपाल
रोज्न प्रोत्साहित गर्ने बताए । ग्रिफिथ विश्वविद्यालयको विद्यार्थी र
प्रोफेसरको टोलीलाई समुदायमा पुग्न सहयोग गरेको कादम्बरी कलेजले शुक्रबार
टोलीको विदाइ गरेको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्