»
आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?
आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?

काठमाडौं । यदाकदा हामीले आकाशबाट माछा वर्षिएको समाचार सुनेका छौं ।
हावाको चाप कम भएको स्थानमा बढी चाप भएको
क्षेत्रबाट तीब्र गतिले हावा बहन्छ । तीब्र गतिले हावा बढ्दै जाँदा दायाँ
बायाँ र अगाडिबाट आईरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ ।
यसरी बिपरीत दिशाबाट आएका हावाले जोडसँग धकेल्दा उक्त ठाउँमा भुमरी पर्छ ।
हिंडडुल गर्दा मैदान वा बाटोमा यस्तो भुमरी देख्छौं । भुमरी पर्दा जमिनको
धुलो, कपडा तथा कागजका टुक्रा, रुखका पात निकै माथिसम्म पुग्छन् । हावाको
बेग जब कम हुन्छ तब ती सबै बिस्तारै जमिनमा खस्छन् । ठ्लठ्ला भुुमरी पर्दा
अक्सर आँधी बेहेरी चली धुलो उड्ने, मेघ गर्जने, र सिमसिम पानी पर्ने हुन्छ ।
त्यसैबेला कहीं कतै आकाशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।
भुमरी समुद्र, ठूला ताल र पोखरीहरुमा पनि
पर्छ । अति शक्तिशाली त्यो भुमरीले पानीको माथिल्लो भाग छोएपछि पानीको सतह
घुम्छ र घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोडले हुतिएर माथिसम्म
आउँछ ।
त्यसबेला भुमरीले माछा, भ्यागुता, स–साना
कीराहरु लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाशसम्म पु¥याउँछ । अनि
भुमरीको शक्ति कम भएपछि माछा लगाएत कीराहरु जमिनमा खस्छन् ।
Labels:
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्