धर्म र नेपाली कम्युनिस्ट कि नेपाल इसाईकरण

ओम प्रसाद लामिछाने
तपाईको लामो लेख पढ्न पाएँ, अभिब्यक्त लेख प्रति मेरो जानीनजानी निम्न टिप्पणी हरु गर्छु।आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति,राष्ट्रिय मुक्ति लगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने हतियारका रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ"  यो २१ औं सताप्दीको बिश्व साम्राज्यवाद भनेको को हो ?भारत,चीन,रुस, हो भनौ भने हामीले आजसम्म पढेका वा पढाइएका आधारमा त हामीले भारत लाई भारतिय बिस्तारवाद,चीन लाई चीनिया संसोधनबाद,रुस(विघटन नहुदा सम्म)समाजबादी साम्राज्यवाद भनिन्थ्यो अ ब आज आएर एलत्सिन पछि के भनिन्छ थाहा भएन।यसर्थ हामीले परम्परागत रूपमा पढेका वा पढाइएका जानेबुझेको आधारमा भन्ने हो भने त्यही हिजोको नेटो गुट अर्थात पश्चिमी गोलार्धको अमेरिका र त्यसको साथ सहयोगी युरोपेली युनियन नै साम्राज्यवाद होइन र ? यदी आजको घडीमा अमेरिकि साम्राज्यवाद हो भने, अमेरिकि साम्राज्यवाद द्वार नेपालमा संचालित संस्था USD बाट २००३ मा माओवादी जनयुद्ध सम्बन्धि एउटा बिस्तृत प्रतिबेदन तयार गर्न लगाएको थियो, अमेरिका सरकारलाई नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरि पठाएको रिपोर्टमा ३ कारण उल्लेख गरेको थियो,
 १ सदरमुकाम स्थानन्तरण,
२ गाँजा नियन्त्रण
३ क्रीस्चियन बिद्रोह।
यहाँ लाई उक्त प्रतिबेदन को केहि नमूना मात्रै जानकारीको लागि उल्लेख गरौं "क्रिश्चियन गतिविधि पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा। विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो। भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो।सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले।डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडे पनि खाम मगर बोल्ने केही स्थानीय बासिन्दाले हरेक साँझ त्यहाँ मैनबत्ती बालेर उनीद्वारा अनुवादित बाइबलका पंक्तिहरु गाउँथे। प्रतिवेदनका अनुसार, चार वर्षपछि केही सयको संख्यामा स्थानीय बासिन्दाहरु क्रिस्चियन भइसकेका थिए जुन तकसेराको कूल जनसंख्याको सानो प्रतिशतमात्रै थियो।जिल्लाको नयाँ सदरमुकाम मुसिकोट(यसअघि रुकुमकोट थियो) मा यो खबर पुग्यो।विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो।पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए।स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्षको सजाय दिइयो। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए।सपछि पनि धेरै क्रिश्चियनहरुलाई सताउने र पक्राउ गर्ने काम भयो। पूर्वी रुकुमका गैर क्रिश्चियनहरुसमेत यसबाट आक्रोशित भए।जेलमा रहेका नौ क्रिश्चियन नेताहरुमध्ये संगीतमा अब्बल एक जनाले क्रिश्चियन गीतहरु खाम भाषामा रचेर गुपचुप तकसेरा पठाएको र त्यसबाट थप स्थानीय बासिन्दाहरु क्रिश्चियानिटीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एकजना माओवादी भएको बताइएको त्यसमा उल्लेख छ।०३९ सालतिर विदेशमा रहेका क्रिश्चियनहरुले तकसेरा जेलमा रहेका बन्दीहरुको बारेमा खबर पाएपछि उनीहरुको परिवारको लागि चन्दा संकलन गर्न थाले। यति धेरै रकम जम्मा भयो कि त्यहाँका क्रिश्चियनहरुले त्यो पैसा परिवारलाई मात्र नभई त्यो क्षेत्रकै पहिलो आर्थिक विकास योजनामा लगाउने निर्णय गरे गाउँमा लामो समयसम्मको छलफल र अध्ययनपछि उनीहरुले नदीको पानीले चल्ने स्विट्जरल्यान्डमा बनेको मिल र एउटा सानो स-मिल किन्ने निर्णय गरे।यो समुदायको पहिलो आर्थिक विकास परियोजनाले राम्रैसँग काम गर्यो। यो मिलले क्रिश्चियन र गैरक्रिश्चियन दुवै समुदायलाई सेवा दिन्थ्यो। मिल रहेको घर दुई तले थियो।माथिल्लो तल्लामा चर्चको मिटिङ हल थियो।विक्रम संवत् २०४० सालमा एक क्षेत्रीय अधिकारीले तकसेरावासीलाई मिल बन्द गर्न पत्र लेख्यो। गाउँका मुखियाले पत्र लेख्दै बन्द गर्न अस्वीकार गरे। सरकारी अधिकारीले बन्द नगरे मिल भत्काइदिने चेतावनी दिए।गैरकानुनी रुपमा क्रिश्चियन भएकाहरुले आफ्नै पहलमा यस्तो परियोजना ल्याएर राजाको भूमिकालाई अवमूल्यन गरेको आरोप थियो। भत्काइदिने चेतावनी पाएपछि क्रिश्चियनहरुले थप जोखिम मोल्न चाहेनन् र मिल बन्द गरिदिए। तर गैर क्रिश्चियनहरुले भने बन्द गर्न नहुनेमा जोड दिए। मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा, प्रतिवेदनका अनुसार, गैर क्रिश्चियनहरुले,एम्बुस थापे उनीहरुका हतियार खोसे,लुगा खोल्न लगाए, जुङ्गाका रौँ उखेले र कालो मोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए।" आदि यसबाट मैले निम्न कुराहरु बुझ्ने प्रयासमा छु,त्यो राज्यको सुरक्षाकर्मी संग बिद्रोह गर्ने लडाइँ लड्ने सम्मको तयारी गर्ने पात्र हाम्रो माओवादी आन्दोलन भित्र पनि सक्रिय छ भनेर अमेरिका सरकारलाई आश्वासत पारिएको छ,जुन पात्र हाम्रो पार्टी भित्र छद्म भेषमा को होला ? केहि बर्ष अघि पालपा तिर गएर पादरी बाट बाइबल टाउकोमा राखेर आशीर्वचन लिने महरा हो कि,क्रीस्चियन मिसन बाट संचालित स्कुलमा अध्यन गर्ने बाबुराम वा पश्चिम् तिर अध्यापन गर्ने प्रचण्ड ?जे होस कोही न कोहि त अबस्य नै हुनसक्छ भबिस्यमा ढिलो चाँडो सतहमा प्रकट होला नै त र यो क्रीस्चियन बिद्रोहको असफल गर्भ भूमि बाट सफल माओवादी बिद्रोह को साइनो सम्बन्ध लसपस छ कि छैन यो पनि भबिस्यलाई छोडेर तपाईंले भन्नू भएको "साम्राज्यवादले धर्म लाई हतियारको रूपमा" भन्नाले कमरेड लाई एउटा प्रश्न सोधे कि यो हतियारको रूपमा आउने साम्राज्यवादीको हातमा बाइबल हुन्छ कि बेद ? वा त्रिपिटक हुन्छ की कुरान ? कमरेड बाट एस बिषयमा दुबिधा नराखी प्रष्टता हुन पर्यो। अर्को क्रान्तिकारी हरु र धर्मभिरु बिचको द्वन्द युरोपमा भएको थियो होइन र ? परिवर्तनका हिमायती क्रान्तिकारी र यथास्थितिको प्रतिनिधित्व गर्ने त्यहाँको राज्यको जतिकै अधिकार लिएर बसेका चर्च र चर्चका पादरी संग द्वन्द भएको थियो होइन र ? कार्लमार्क्सले धर्म भनेको अफिम हो भनेर भन्नू यिनै परिवेश बाट उब्जिएको शब्द होइन ?कि कार्लमार्क्सले बौद्ध दर्शन बेद कुरान बाइबल मा राहुल सास्कृत्यायन जतिकै ज्ञाता भएर निक्लेको सब्द हुन त ?।युरोपमा क्रान्तिकारी हरुले भोग्नु परेको राज्यको आडमा पादरी हरुबाट गरेको दमन नेपालमा आजसम्म कुनै पण्डित वा धार्मिक संस्थाले कहाँ दमन वा अवरोधको सामना गर्नु परेको छ ?युरोपमा राज्यबाट संरक्षित चर्च र पादरी हरुले नव क्रान्तिकारी हरुलाई दमन गर्न सकृय भुमिका खेल्यो भने हाम्रो नेपालमा राज्यबाट संरक्षित पण्डित पुरोहित उत्पादन गर्ने जयन्तु संस्कृत पाठसालाले त नव क्रान्तिकारी हरुलाई साथ सहयोग पो गरेको होइन ?मध्ययुगीन जहानियाँ राणासाशनको अन्त्य गर्न कुनै सर्बहारा,मजदुरले नभै उच्च मध्यम बर्गका धार्मिक शिक्षा ग्रहण गर्न गएको धार्मिक नगरी बाराणासा बाट पण्डित पुरोहित कै सन्तानको नै अहम भुमिका देखिन्छ होइन र ?आजभन्दा kgL १६ औं १७ औं सताप्दिको युरोपको क्रान्तिकारीको चस्मा लगाएर आजको धार्मिक क्षेत्रमा दृस्ठि लगाउनु भनेको USD ले दिएको रिपोर्ट भित्रकोले काम गरेको छ कि अज्ञानताले काम गरेको छ भन्ने होला ?म दुबिधामा परेको छु। केहि दिन अघि मात्रै कान्तिपुर पत्रीकामा दुल्लु बिद्रोहको एउटा रिपोर्ट प्रकाशित गरेको थियो " दसैं तिहार मनाउन नदिने,जमरा उखेल्ने,टुपी काट्ने जस्ता काम गरेर एकाएक जनाक्रोस बढेर गाउँको सर्बसाधरण हजारौं भेला भएर बिद्रोह गरे,गाउँमा पुगेका केन्द्रिय नेता खड्का बहादुर बिश्वकर्म जनताको कारबाहीमा परे,अन्ततः माओवादी पार्टीले यश घटनाको आयोग नै बनाएर अनुसन्धान गरि पार्टी बाट हुनगएको गलती को रूपमा लियो।आज आएर मलाई दसैं,जमरा,तिहार,टुपी संग हाम्रो क्रान्तिको साइनो थियो वा USD ले दिएको माओवादी भित्र पनि रहेको ती "पात्र"को भुमिका थियो छुट्टाउनु गार्होर परिरहेको छ !!! अर्को एउटा प्रश्न कमरेड लाई धर्म निरपेक्ष भनेर धर्मको किलाकब्जा हट्ने वा हटाइएको मान्ने हो भने क्रान्तिकारी हरुले भारातमा किन सफल नभएको ?वा चिनमा किन माओकालिन क्रान्तिकारीको पुनर्जीवन नभएको ? क्रान्तिको उत्थान वा पतन बाह्य संसार संग संमन्धित हुन्छ भने घरको गोरु चुट्ने किन  ??? गोरुले बाली खाला हलो बनाएर जोदनु पनि सकिदैन र ?हामीले क्रान्तिका योद्धा हरुको परिवार,घाइते अपांग लाई उपचार गर्ने भनेर त्यही गोरु दिनबन्धु पोखरेल लाई हलो जोताएर करोडौं रकम उठाएको होइन ?आज ती करोडौं रकम कहाँ गयो कस्ले खायो ?क्रान्तिकारी ले कि त्यो हामीले पिटेको गोरुले ? आहुती कमरेडको अर्को एउटा टिप्पणी गरौं" भारतको वैशालीबाट आएका हिन्दू धर्मीय लिच्छवीले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत गरेको देखिन्छ ।त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवी शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ" त्यसो भए कमरेड हाम्रो पार्टी ले लिएको निति त पुर्णतः गलत छ भन्नुपर्ने भयो किनभने भारातको बैसाली बाट आएको मल्ल चाहिँ यहाँको असली भूमि पुत्र आदिवासी जनजाती हुने अनि तपाईंको भाषामा यहाँका(कर्णाली प्रदेश)को हजारौं बर्ष पुरानो मस्टो पुजक खस आर्य हरुचाहिँ अन्य जाति हुने यो के भएको वा भनेको हो ? हिन्दु धर्मलाई ब्यबस्थित रूपमा स्थापित गर्ने,किरात हरुलाई उपत्यका बाट लखेट्ने,बाराणास बाट कान्यकुब्जे ब्राह्मण ल्याउने,जाति बिभेदको हाङ्गा फिजाउन तपाईंको भाषामा ६४ सम्म पुर्याउने,खस जाति लाई हिन्दुकरण गर्ने त दक्षिण बाट आएको कान्यकुब्जे ब्राह्मण र नेपालको मल्ल पो रहेछ अनि हाम्रो पार्टीको आजको आन्दोलन दक्षिणको तिरहुते कान्यकुब्जे ब्राह्मण र काठमाडौको मल्ल संगपो सहकार्य छ त किन होला ?खस जाति त इतिहासको पानामा चोखो देखिन्छ होइन ?हो,बर्तामानमा सत्ताको बागडोर खस जातिमा सिमित होला,वा कब्जा होला, त र इतिहासलाई बङ्ग्याएर बिरोध किन ? आज मल्ल के सुन्दर आदिवासी भूमि पुत्र भएर प्रचण्ड संग दायाँ पट्टी उभिदै गर्दा ओम लामिछाने बायाँ पट्टी यो देशको भूमि पुत्रको हैसियतले उभिन पाउने कि नपाउने ?नपाउने भए किन नपाउने ?म आज साशक हुंला,राज्यसत्ता मेरो जातीय रुप रंग मा होला,त र आज गरेको अपराधले मेरो इतिहास दण्डित हुन्छ कमरेड ?जवाफ दिनुस। । तपाईंको अर्को "इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिएको भन्ने भनाई इतिहासकारहरुले बताएका छन् ।आजका इसाई धर्महरु चाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन्" आहुती कमरेड पृथ्वीनारायण शाहले इसाई हरु लखेटेको बारे यति भनौं तत्कालीन समयमा कलकत्ता वा दिल्लीको नवाब हरुले पृथ्वीनारायण शाह जत्तिकै दुरदर्शिता भएको भए सयौं बर्ष गुलामी हुनत नपर्ने रहेछ नी होइन र ?अर्को,होइन उनिहरु बिसुद्द धर्म प्रचारक मात्रै हुन र नलखटेको भए हुने थियो भन्नुहुन्छ भने आज यो ओम लामिछाने को नाम जोसेफ लामिछाने हुनेथियो होला,पशुपतिनाथ,सुयम्भुनाथ खण्डहर हुनेथियो होला,टोल्टोलमा चर्च घर हुने थियो होला बाँकी क्रान्तिकारी हरुलाई के फरक पर्थियो र ? दोस्रो बिश्व युद्ध पछाडी साम्राज्यवादले शिक्षा स्वास्थको क्षेत्रमा इसाई मिसनरी पठाउछ भन्नू भएको जुन छ त्यहिनै आजको सारसंक्षेप कुरा हो।जुन अफ्रिकी महादेश देखि इराक अफगानिस्तान हुदै नेपाल सम्म त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष बाछिटा परिसकेको छ, पहिला हवाई हमला गर,पछि स्थल सेना बढार्न जाउ,तेस्रो युद्धले थिलो थिलो भएको आर्थिक बिपन्न भएको समाजमा बाइबल बोकेर उद्धार गर्न जाउ बदलामा बाइबल धर्म ग्रहण गराउ,यो साम्राज्यवादबादको नाङ्गो हतियार भनेको यहि होइन ? यदि हो भने तपाई एउटा यसलाई केन्दृत गरि एउटा लेख लेख्नु होला वा आबह्वान गर्नु होला,तपाई बिश्वास गर्नुस कमरेड म तपाई लाई ग्यारेन्टी दिन्छु तपाईंको त्यस आभ्वान लाई हृदयङ्गम गर्दै म पहिलो साम्राज्यवाद को असली हतियार को रूपमा रहेको क्रुस जुन मेरो लागि दाउराको दुई वटा चिल्पट बराबर हो म त्यसलाई जलाएर साम्राज्यवाद को पबित्रता माथि धावा बोल्ने छु,इसाई धर्म प्रचारक हरुलाई नियन्त्रण गर्ने विभिन्न अभियान संचालन गर्ने छु,तपाई तयार हुनुहुन्छ ?,?यदी हुनुहुन्न भने नेपालका धार्मिक संघ संस्थाले हामी माथि लगाउने आरोप र तपाईंको लेख अभिव्यक्ति हरु मेल खाएको छैन भन्ने के आधार छ कमरेड ?! USD ले दिएको रिपोर्टमा उल्लेख्य गरिएको पात्र सफल भएको छ कि क्रान्तिकारी पात्र सफल भएको छ कमरेड ?हामीले उखेलेको पुरानो भ्रमको रुखको खाल्डामा त्यही रुखको बिरुवा उम्रेको छ कि नयाँ साम्राज्यवाद को बिरुवा च्याउ झै उम्रेको छ  त कमरेड ?? ??

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्