मान्छेको पेटबाट जिउँदो २ फुटको माछा निकालियो
एजेन्सी । सुन्दै अचम्म र अपत्यारिलो लाग्ने खवर मान्छेको पेटबाट जिउँदो माछा निकालिएको छ । त्यो पनि २ फुटको । यो सत्य घटना हो ब्राजीलको । समाचार अनुसार ब्राजीलको लन्ड्रियानामा एक व्यक्तिको पेट अचानक दुख्न थाल्यो । पेट हल्लीने र दुख्न थालेपछि ति पुरुष स्थानिय अस्पताल जाँच्न गए । डाक्टरहरुले एक्सले गर्नुपर्न भन्दै एक्सले गरे । एक्सरेमा पेट भित्र लामो केही अजिवको बस्तु देखियो । त्यसपछि चिकित्सकहरुले विशेष परिक्षण गरेर हेर्दा पत्ता लाग्यो शरिरमा माछा जस्तै केही कुरा छ । हतार हतार ती व्यक्तिको अप्रेसन गर्ने तयारी भयो । चिकित्सकहरुले अप्रेसन गरे । अचम्मको कुरा माछा पनि सानो हो र २ फुट लामो त्यो पनि जिउँदो भेटियो । समाचार अनुसार ति व्यक्तिको पेटमा २ फुटको ईल जस्तै देखिने अमेरिकन लंगफिश अर्थात् माछा भेटियो । डाक्टरहरुले ती व्यक्तिको पेटबाट यसरी जिउदो माछा नै निस्केला भन्ने आशा गरेका थिएनन् । सर्जरी पछि निकालिएको माछा बाहिर आउदा पनि हल्लिरहेको थियो ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्