जपानमा मान्छेको भन्दा कुकर-बिरालाको सङख्या बढी

जपानमा मान्छेको भन्दा कुकर-बिरालाको सङख्या बढीजपानमा पछिल्लो केही बर्षयता शिशुको जन्मदरमा निक्कै कमी आएको छ । शिशुको जन्मदरमा कमी आए पनि जपानमा कुकरको जन्मदर भने निक्कै बढेको छ । जपानमा अहिले बालबालिका भन्दा कुकरको सङख्या धेरै रहेको एक अध्ययन ले पुष्टि गरेको हो । टोक्योको  केही इलाकामा अहिले  बालबालिको कपडा पसल भन्दा कुकरलाई चाहिने कपडाको पसल धेरै सञ्चालनमा आएका छन् । 
कुकरको रेखदेखका लागी घरको आसपासमा रहेको खालि क्षेत्रमा कुकर नै भरिएपछि बालबालिका हरुलाई खेल्ने स्थानको पनि कमी भएको छ । कुकरको मात्र होईन बिरालाको जन्मदर पनि निक्कै बढ्दो अबस्थामा रहेको छ । बालबालकीको तुलनामा कुकर र बिरालाको सङख्या बढ्दो अबस्थामा रहेपछि जपानमा आर्श्चर्यजनक चर्चा सुरु भएको छ ।  जपानको कार्निवालमा  भएको  कुकुर सम्मेलनमा  धेरै मानिसहरुले बढी भन्दा बढी कुकुर का साथ सहभागी भएका थिए ।
जपानमा सरकारले बच्चा जन्माउनमा लगाएको निश्चित प्रतिबन्धका कारण त्यहाँका नागरीकहरुले कुकर र बिरालाहरु पाल्ने गरेकोले  कुकर र बिरालाको सङख्या हृवात्तै बढेको जनाईएको छ । जपानका नागरीकहरुका अनुसार बच्चा जन्मायो भने जागिर खान समस्या पर्ने भएकाले बच्चा कम जन्माउने तर कुकर बिराला भने पाल्ने गरेको बिबिसीले जनाएको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्