‘भैरब’ र ‘होस्टेल रिटन्र्स्’ दुबै फिल्ममा दर्शक |
यति खेर हलहरुमा नेपाली फिल्म भैरब र ‘होस्टेल रिटन्र्स्’
रिलिज भैरहेको छ | ‘भैरब’ भाद्र ११ बाट रिलिज भएको छ भने ‘होस्टेल
रिटन्र्स्’ भाद्र ४ बाट रिलिज भएको हो | रिलिज भएका यी दुवै फिल्मले राम्रो
व्यापार गर्दै आएको छ | देशका मुख्य मुख्य हलमा यी दुई फिल्मले कब्जा
जमाएका छन् दुवै फिल्म फरक फरक शैलीका भएको कारणले पनि दर्शकलाई रमाइलो
अनुभुनी भईरहेको
भैरब बिसेश रुपमा एक्शन शैलीमा देश प्रेमको भाबले ओतप्रोत भएको कमर्सिएल
फिल्म जसमा निखिल उप्रेतीले देखाएको स्टारडमको छनक पोखिएको छ उनि ५ वर्ष
पछी फिल्मको पर्दामा फर्किएका छन् । मधेसका कथालाई मुख्य बिषय बनाएर उनले
निर्देशन तथा अभिनय गरेको ‘भैरव’ मा उनले साउथ शैलीलाई प्रयोग गरेका छन्
जहाँ उनि धेरै स्थानमा सफल भएका छन् भने कुनै कुनै स्थान चुकेका छन् तरपनि
फिल्म हेर्दा दर्शकले नेपाली मनबाट हेरिदिएकोले तालि पाएका छन् | उनको
लुक्समा नयाँपन देख्न सकिन्छ, बोल्ने स्टाइलमा दम छ, पातलो रुपमा निखिललाई
हेरेका दर्शकले ‘भैरब’मा मोटो घाटो पुलिसको ड्रेसमा देखदा खुशी प्रकट
गर्छन |
उता ‘होस्टेल रिटन्न्रस’ कमेडी शैलीमा
होस्टेलमा बस्ने विद्यार्थीको बिषयमा रही निर्माण गरिएको फिल्मलाई पनि
अहिलेका युवा पुस्ताले मनमा सजाएका छन् | युवायुबतिको कथा, युवाबर्गले
बोल्ने टिपिकल संबाद, अनि उनीहरुले देखाउने क्रियाकलाप, नयाँ कलाकारहरुको
हाबी भएता पनि उत्कृस्ट अभिनयले पनि होस्टेल रिटन्न्रस हेर्न दर्शकलाई हलमा
तानिरहेको छ त्यसोत निर्माता सुनिल रावलले यो भन्दा आगाडी दिएको ‘सायद’ र
‘होस्टेल’ जस्ता सफल फिल्मले पनि दर्शकलाई हालसम्म डोर्याउने आधार बनेको छ |
यसरि अहिले रिलिज भैरहेका यी दुवै फिल्मले
सफलताको मिठो स्वाद चाखिरहेका छन् | भूकम्प पछी चलेका यी फिल्मले राम्रो
ब्यापार गरिरहदा नेपाली फिल्मको व्यापार प्रगति तर्फ गएको होकी जस्तो लाग्छ
तर देशमा पटक –पटक भएको बन्दले अब नेपाली फिल्मको अवस्था कता तर्फ जाला
त्यो भने हेर्न बाकी नै छ | Scource: Filmykhabar



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्