नेपाल टेलिकमका ग्राहकले पाउने भए आर्कषक सुबिधा

काठमाडौँ, भदौ १८ । तपाई नेपाल टेलीकमको उपभोक्ता हो भने तपाइका लागी खुशीको खबर छ । मुलुककै जेठो र भन्दा भनिएको दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई मध्य नजर गर्दै थप सुबिधा बढाएको छ । पछिल्लो समय टेलीकमको स्तरीयतामा केही सुधार गरेको कम्पनीले आफ्ना उपभोक्ताका लागी भन्दै अनलाइनमै रिचार्जको सुविधा दिएको छ । नेपाल टेलीकम एप सार्वजनिक गरेको केही महिना पनि बित्न नपाउँदै टेलिकमले अनलाइन रिचार्ज शुरु गरेको हो । यो कार्डबाट सबै सेवामा कम्पनीको वेबसाइटबाटै अनलाइन रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्