सुलभ मूल्यमा कलर्सको अत्याधुनिक स्मार्टफोन, यस्ता छन् फिचर
काठमाडौं । नेपाली मोबाइल ब्राण्ड कलर्सले
आकर्षक फिचर भएको नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले
एक्सफ्याक्टर इलाइट ई १० स्मार्टफोन बजारमा ल्याएको हो ।
मध्यम वर्गका उपभोक्तालाई लक्षित गरिएको
स्मार्टफोनको मूल्य १३ हजार रुपैयाँ तोकिएको छ । स्मार्टफोनमा दुईवटा सीम
प्रयोग गर्न मिल्छ ।
पाँच इञ्चको डिस्प्ले रहेको स्मार्टफोनमा एन्ड्रोइड ललिपप ५.१ अपरेटिङ
सिस्टम, १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, २ जीवी र्याम र १६ जीवी आन्तरिक
स्टोरेज छ । आन्तरिक स्टोरेज ३२ जीवीसम्म विस्तार गर्न सकिन्छ ।
डिजाइन र लेआउटको कुरा गर्दा स्मार्टफोनमा
डिजिटल र परम्परागत घडी जडित छ, जुन फ्लीप कभरमा देख्न सकिन्छ । यसैबाट
प्राप्त कल तथा म्यासेज हेर्न र तस्वीर खिच्न सकिने कम्पनीले जनाएको छ ।
डिस्प्लेमा अक्षरको संकेत दिनासाथ बिभिन्न
फिचरहरु खुल्ने सुविधा पनि समावेश छ । डिस्प्ले निकै चम्किलो छ
।स्मार्टफोनको पछाडि ८ मेगापिक्सेल क्यामेरा छ । सेल्फी खिच्नका लागि अगाडि
२ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।
नेपाली ब्राण्डले उत्पादन गरेको यो फोन यसको मूल्यको तुलनामा डिस्प्ले,
पर्फमेन्स र क्यामेरा र ब्याट्री क्षमतामा अब्बल छ । यसले यही मूल्य
श्रेणीका लाभा, माइक्रोम्याक्स, जियोनी लगायतका फोनसंग प्रतिस्पर्धा गर्ने छ
।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्