बन्द ल्यापटपबाट मोबाइल कसरी चार्ज गर्ने ?

मंसिर २७ – स्मार्टफोन चार्ज गर्नका लागि बिजुलीको प्लग वा मिल्ने चार्ज
नहुँदा समस्यामा हुन सक्छ । यस्तै विद्युत नभएका कारण पनि मोबाइल चार्ज
गर्न नपाएर समस्या हुन्छ । यस्तोमा ल्यापटप वा कम्प्युटरमा जोडेर चार्ज
गर्न खोज्दा ल्यापटप वा कम्प्युटर बन्द भएमा चार्ज नहुने हुन्छ ।

तर
ल्यापटप वा कम्प्युटर बन्द भएका बेलामा पनि स्मार्टफोन चार्ज गर्न भने
मिल्छ । विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ
कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा गइ डिभाइस म्यानेजरमा क्लिक गर्नु पर्छ ।

त्यसपछि
युनिभर्सल सीरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ ।
युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ
कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेव पावरको बक्समा रहेको टिक मार्क
हटाउनु पर्छ । यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज
गर्न मिल्छ ।

किनकी यो सबै प्रक्रिया पूरा गरेपछि ल्यापटप बन्द भएका बेलामा पनि त्यसको
ब्याट्री भने प्रयोगमा आउँछ । यसरी विद्युत नभएको तथा ल्यापटप वा कम्प्युटर
बन्द भएको बेलामा पनि मोबाइल चार्ज गर्न मिल्छ । तर यसरी मोबाइल चार्ज
गर्दा ल्यापटपको ब्याट्री कम प्रयोग गर्नेतर्फ भने ध्यान दिनुपर्छ ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्