एमालेका नेता तथा भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारत सरकारले विहारवाट भने भारतीय सेनामा भर्ति नलिएर विभेद गर्ने भारत सरकारका नेताहरुले नेपालमा विभेद भयो भन्दै सिकाउन खोजेको आरोप लगाएका छन् ।
सोमवार वाराको सिमरामा पार्टी कार्यकर्ताहरुको भेलामा वोल्दै नेपालले उक्त कुरा वताएका हुन् ।
नेपालले भने “नेपालको संविधान भारतको भन्दा पनि समावेशी र प्रगतिशील छ । नेपालको संविधानले मधेशी, आदिवासी, महिला लगायतका समुदायलाई दिएको अधिकारहरुको अध्ययन नै नगरी भारतीय मिडिया र केही सरकारी कर्मचारी र केही नेताहरुले अफवाह फैलाइरहेका छन् ।”
उनले भने “तराई मधेशमा वसेकै आधारमा धेरै भारतीयले नेपाली नागरिकता पाएका छन् यसले गर्दा पुर्खौ देखि मधेशमा वसेकाहरुको अधिकार खोसिएको छ । त्यसैले तराई मधेशमा विगतमा भारतीयहरुलाई दिइएको नागरिकता छानवीन हुनु पर्दछ ।”
उनले केही मधेशी नेताहरुले ५० लाखको लोभ देखाएर आन्दोलनमा मर्न उक्साएको आरोप लगाउँदै भने “५१ लाख दिन्छौं, ती नेताहरुले आफ्ना छोराछारीहरुलाई आन्दोलनमा पठाओस् ।”
तराई आन्दोलनका औचित्य नभएको र यसले तराईमा विकास भैरहेका उद्योगहरु वन्द गराई मधेश कै जनतालाई वेरोजगार वनाएको पनि आरोप लगाए ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्