संविधान पुनःलेखन हुनुपर्छ : उपेन्द्र यादव
पुस १६ - संघीय समाजवादी फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादवले संविधान पुनःलेखन हुनुपर्ने बताउनुभएको छ ।
जनकपुरमा विहीबार पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले
सत्तारुढ दलहरुले अहिलेको संविधानमा कटपेस्ट गरेर मधेशी नागरिकलाई अल्झाउन
खोजेकाले त्यसले समाधान नहुने भन्दै संविधान नै पुनःलेखन हुनुपर्ने
बताउनुभयो ।
एकै जात समुदायका ४÷५ जनाले निर्माण गरेको
संविधान एउटै जात र समुदायको हितमा भएकाले मधेशी जनजनजाति, आदिवासी, महिला
मुश्लिम थारु लगायतको मागलाई सम्बोधन गर्न संविधानको पुनःलेखन एक मात्र
विकल्प रहेको उहाँको दावी छ । अध्यक्ष यादवले सबै जात वर्गको अधिकार, भाषिक
स्वायत्तता र स्वायत्त प्रदेशको चाहनालाई पूरा गर्न सरकारले विगतमा गरेको
२२ बुँदे र ८ बुँदे सम्झौताको कार्यन्वयन नै उत्तम मार्ग रहेको बताउनुभयो ।
शोषित उत्पीडित नागरिकको स्वायत्त
प्रदेशहरुको चाहनालाई अन्तरिम संविधानले समेत स्वीकार गरि सकेको अवस्थामा
त्यसबाट पछाडि फर्केर होइन, राज्य पुनःसंरचना आयोगले तयार पारेको १०
प्रदेशको खाकालाई आधार बनाएर सीमांकन गर्नुपर्ने र मोर्चाको समेत त्यही
बटमलाइन रहेको यादवले बताउभयो ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्