तपाईको हेलमेट कस्तो छ ? चितवन जाँदा होस गर्नुहोला !
हेलमेटमा लापरबाही गर्ने र तालुमात्रै ढाक्नेजस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ ।
दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।
चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा जरिवाना लिने गरिएको छैन । जरिवाना लिँदैन भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उनले बताए । (रासस)



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्