आर्यनलाई नाकाबन्दीले छोयो कि हुस्सुले ?

हुनत, अहिले भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ग्यासको अभाव छ । ग्यास अभावका कारण नेपालीहरु दाउरामा खान पकाइरहेका छन् ।
नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देललाई पनि नाकाबन्दीले छोएको छ
। नाकाबन्दीका कारण ग्यास अभाव भएपछि आर्यन आगो बालेर आफै खाना पकाउँदैछन्
हुस्सु लगाएको चिसो बिहानमा आगोमा पकाएको खाना कती मिठो हुन्छ भनेर
आफूले बयान गर्न नसक्ने आर्यनको भनाई छ । चलचित्रको छायांकनको समयमा सेटमा
नै खाना खाने भएकाले पनि नेपाली कलाकारलाई नाकाबन्दीको असर खासै परेको छैन ।
तर, ‘क्लासिक’ चलचित्रको छायांकन सकिएपछि आर्यनले घरमा समय दिन भ्याएका
छन् । जसका कारण पनि आर्यन चुल्होमा खाना पकाएर त्यसमै आनन्द लिइरहेका छन् ।
आर्यन जस्तै थुप्रै कलाकार अहिले नाकाबन्दीका कारण दाउरा बालेर आगोमा खाना
पकाइरहेका छन् भने केही कलाकार पेट्रोलको लाइनमा बसेर तेल हालिरहेका छन् ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्