लाइटर खेलाउँदा आगो लागेर लाखौंको क्षति
मंसिर २९ - बालबालिकाले लाइटर खेलाउँदा आगलागि भएर घर जल्दा झण्डै दश लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
खोटाङको उत्तरी गाविस खार्मी-७ का दिपक
विश्वकर्माको घर तथा घरमा भएका नगदसहित सामान मंगलबार दिउँसो जलेर नष्ट
भएको हो । घर तथा घरमा भएका सामाग्री जलेर नष्ट भएपछि पाँच जनाको
विश्वकर्मा परिवार बिचल्लीमा परेका छन् ।
भर्खरै साउदीबाट कमाएर ल्याएको नगदसमेत जलेर नष्ट भएपछि आफूहरुको बिचल्ली भएको पीडित विश्वकर्माले बताउनुभयो ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्