चितवनका व्यस्त बजारमा सिसी क्यामेरा राखिने
जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी
बनाउन जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकामा समेत सिसिटिभी जडान तथा
मर्मत गर्न समन्वय समिति नै गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा द थर्ड
भिजन चितवनका पदाधिकारी, चितवनमा रहेका बाणिज्य बैंक, विकास बैंक तथा
वित्तिय संस्थाका प्रमुखबीच भएको छलफलबाटसमन्वय समिति गठन गरिएको छ ।
सिसिटिभी जडान तथा मर्मतका लागि बाणिज्य
बैंकले ५० हजार तथा विकास बैंक र वित्तिय संस्थाले ३० हजार रकम उपलब्ध
गराउन सहमत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक राजन
अधिकारीले बताउनुभयो । यो रकम १५ दिन भित्र संकलन हुने जनाइएको छ ।
बैंक तथा वित्तिय संस्था आफ्नो कार्यालय
पेरिमिटर कभर गर्ने गरी एक महिना भित्र सिसिटिभी जडान गर्ने गरि रकम दिन
सहमत भएका हुन् । पाँच वर्षअघि चितवनमा सिसिटिभी जडान गर्न सुरु गरिएको
थियो । बिचमा रोकिएको काम फेरि सुरु हुन लागेको हो ।
यसअघि जिल्लाको व्यस्त शहरका विभिन्न
क्षेत्रमा जडान गरिएका दुई दर्जन भन्दा बढी सिसी क्यामेरा मध्ये ८ वटा
क्यामेरा बन्द भएका भएका थिए । अहिले त्यसलाई मर्मत गरिएको छ ।
पहिलो चरणमा जिल्लाका २६ स्थानमा क्यामरा
जडान गरिएको र त्यसको प्रमुख स्टेशन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
पहिलो चरण अन्तगएत रत्ननगर नगरपालिकाको बजार क्षेत्र, भरतपुर
उपमहानगरपालिकाको गोन्द्राङ्ग, मालपोत चोक, हाकिम चोक, चौबिसकोठी, नारायणगढ
बजार क्षेत्र र आँपटारीमा सिसिटिभी राखिएको छ ।
जिल्लाका व्यस्त र महत्वपूर्ण क्षेत्रमा
४३ वटा सिसी क्यामरा जडानको लक्ष्य राखिएको भएपनि पहिले भएका क्यामराको
व्यवस्थापन हुन नसक्दा थप अन्यौल देखिएको थियो ।
थर्ड आई भिजन संस्थाको अगुवाईमा क्यामेरा
जडानका लागि ४५ लाख खर्च भइसकेको र मर्मत तथा ब्याकअपको लागि ५० लाख थप
लागत लाग्ने अनुमान गरिएको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्