हात्ती महोत्सवमा सौरेलीद्धारा राजधानी बासीलाई निम्ता, काठमाडौमा पत्रकार सम्मेलन
पुष । चितवनको रत्ननगर स्थित सौराहामा
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही पुषको ११ गतेदेखि शुरु हुन लागेको
चितवन हात्ती महोत्सवको प्रचार स्वरुप आज काठमाडौमा पत्रकार सम्मेलन गरिएको
छ ।
महोत्सवमा आन्तरिक पर्यटक भित्र्याउने
उद्देश्यले आज काठमाडौमा पत्रकार सम्मेलन गरिएको हो । सोक्रममा महोत्सव मुल
आयोजक समितिका संयोजक सुमन घिमिरेले महोत्सवमा सहभागिहरु काठमाडौबासीलाई
निम्ता बाँडेका छन् ।
क्षेत्रीय होटल संघ सौराहाले पुष ११ देखि
१५ गतेसम्म यहाँ हात्ती महोत्सव गर्न लागेको छ । समाज संरक्षण र समृद्धि
भन्ने मुल नाराका साथ सौराहामा यसबर्ष १२ औं चितवन हात्ती महोत्सव आयोजना
गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुमन घिमिरेले काठमाडौका
पत्रकार माझ जानकारी दिनुभयो ।
यसबर्ष नाकाबन्दी लगायत कारणले सौराहामा पर्यटक सुनसान भएका बेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिईएको छ ।
यसपटक हात्ती महोत्सवमा हात्तीका छावा
विचको फुटबल रोमाञ्चक हुने आयोजकले जनाएको छ । महोत्सवमा ईलाफेन्ट फाष्ट
वाक सँगै हात्तीको पिकनिक कार्यक्रम समेत मुख्य आकर्षण रहने आयोजक
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ज्ञानकुमार विष्टले जानकारी दिए ।
महोत्सव अन्तर्गत हुने हात्ती दौड प्रतियोगितामलाई परिमार्जन गरी यसपटक ईलाफेन्ट फाष्ट वाकको रुपमा आयोजना गर्न लागिएको छ ।
यता चितवनमा हात्ती महोत्सवको तयारी तिब्र
पारिएको क्षेत्रीय होटल संघ चितवनका कार्यालय सचिव मनोज सुनारले जानकारी
दिए । उनका अनुसार महोत्सवको हात्ती वाकमा विदेशी र स्वदेशी २० वटा समुहको
सहभागिता रहने हात्ती महोत्सवमा हात्ती दौडका साथै हात्तीसगं सम्बन्धीत
विभिन्न रोचक खेलहरु आयोजना गरिने सुनारले बताए ।
यस्तै महोत्सवमा हात्तीको सुन्दरी
प्रतियोगिता यसवर्ष पनि समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सव अन्तरगत
डुंगा दौड, टाँगा दौड, गाडा दौड लगायतका कार्यक्रम समेत आयोजना गरिएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने जनाईएको छ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने जनाईएको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्