मल कारखानाको संभाव्यता अध्ययन गर्ने जिम्मा भारतीय कम्पनीलाई

Image result for agricultureसरकारले रासायनिक मल काराखाना स्थापनाको संभाव्यता अध्ययनको जिम्मा भारतीय परामर्श कम्पनीलाई दिएको छ ।
सरकारकातर्फबाट लगानी बोर्डको कार्यालयले भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्टक्चर डेभलपमेन्ट कर्पोरेसन आइडेकसँग संभाव्यता अध्ययनको सम्झौता गरेको हो ।
सम्झौता अनुसार अबको एक वर्ष भित्रमा आइडेकले नेपालमा मल कारखाना स्थापना गर्ने संभावना छ छैन भन्ने बारेमा विस्तृत अध्ययन गरेर त्यसको प्रतिवेदन लगानी बोर्डमा बुझाउने छ ।
आइडेकले नेपालमा रसायनिक मल कारखाना स्थापनाको संभाव्यता, स्थापना भएपछिको आर्थिक लाभ विश्लेषण, रसायनिक मल कारखाना स्थापना गर्न उपयुक्त प्रविधि, रोजगारी सिर्जना तथा वातावरणीय प्रभाव मूल्यांकनलगायतका विषयमा अध्ययन गर्ने लगानी बोर्डको कार्यालयले जनाएको छ ।
आइडेकले इन्ष्टिच्युट अफ एग्रिकल्चर टेक्नेलोजी आइएटी र साह कन्सल्ट इन्टरनेशनल प्रालिको सहयोगमा संभाव्यता अध्ययन गर्ने छ ।
मल कारखाना सञ्चालन गर्नका लागि अत्याधिक मात्रामा उर्जाको आवश्यकता पर्छ । सरकारी तथ्यांक अनुसार देशमा वर्षेनी ५ लाख टन रासायनिक मलको माग छ । तर वर्षको ३ लाख मेट्रिक टनसम्म मल तेश्रो मुलकबाट भारतहुँदै आउने गरेको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्