खबर,
समाचार
»
यसै साता नाकाबन्दी खोल्ने यस्तो छ सूत्र
यसै साता नाकाबन्दी खोल्ने यस्तो छ सूत्र

काठमाडौं
– यदि कुनै अदृष्य खेल भएन भने यसै साता भारतले नेपालमाथि लगाएको अघोषित
नाकाबन्दी अघोषित रुपमै अन्त गर्नेछ । कूटनीतिक च्यानलहरुमाफत प्राप्त
विश्वस्त जानकारीका अनुसार, नाकाबन्दी खुलाउने रोडम्याप तयार भइसकेको छ ।
मधेसी मोर्चाले अन्तिम धक्का भनेर घोषणा गरेको आन्दोलन पनि यही रोडम्याप
कार्यान्वयनकै लागि हो । सीधै उधारो सम्झौता गरेर मधेसमा जाँदा आफूले
उकासेका मान्छेहरुले आफैंलाई लखेट्ने डरले मोर्चाका नेताहरु फेस सेभिङको
उपायमा लागेका हुन् । नाकाबन्दी खुलाउने पछिल्लो रोडम्याप अनुसार
प्रदेशहरुको सीमांकन टुंगो लगाउन एक उच्चस्तरीय राजनीतिक संयन्त्र गठन
हुनेछ । सीमांकन हेरफेरको सुनिश्चिततासहित मोर्चालाई मनाउन भारतले प्रयास
गरेकाले यो सम्भव भएको हो ।
नयाँ दिल्ली स्रोत भन्छ – सुरुमा संसदीय
समिति भनिएको थियो तर त्यसो गर्दा महन्थ ठाकुुर र राजेन्द्र महतो संयन्त्र
बाहिर पर्ने भएकाले उच्चस्तरको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ । यो
संयन्त्रले तीन महिनाभित्र सीमांकनको विवाद मिलाउनेछ । सीमांकन विवाद
मिलाउने क्रममा झापा, मोरङ र सुनसरीलाई भने टुक्राइने छैन । ती जिल्लालाई २
नं. प्रदेशमा पनि राखिने छैन यदि तीनै जिल्लाको विवादका कारण कुरा नमिल्ने
अवस्था आएमा कोसी पूर्व अलग्गै विशेष प्रदेश बन्नेछ । त्यसो भएमा
सगरमाथाका जिल्लाहरु २ नम्बर प्रदेशमा थपिनेछन् । पश्चिम तराईमा थारुको माग
पूरा गर्न कैलाली जिल्ला फुटाइनेछ । आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्