मधेस आन्दोलन बारे भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासा -
भारतको एक साप्ताहिक पत्रिका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्ली’ले लेखेको छ नेपालको मधेस आन्दोलन लामो समय टिक्की रहनुमा भारतीय सरकार र उसको गुप्तचर ऐजन्सीको प्रत्यक्ष तथा सक्रिय सहयोग रहेको दाबी गरेको छ । पत्रिकाको डिसेम्बर १९ को अंकमा ‘नेपाललार्इ सजाय’शिर्षकमा प्रकाशित सम्पादकीयमा लेखिएको छ भारतीय सरकार र गुप्तचर संस्था ‘रअ’को संलग्नता बिनै मधेसी मोर्चाले नेपालमा महिनौ सम्म नाका बन्द गर्ने कल्पना समेत गर्न नसक्ने भनेको छ ।
सम्पादकीयमा भनिएको छ अहिलेकै कार्य निरन्तरता दिए भारत सरकार ठुलो दुर्घटनाको सामना गर्नुपर्ने छ । भारत सरकारको अहिलेको नेपाल नीति अमानविय रहेको र स्वयम भारतकालागिनै आत्मघाती हुने समेत पत्रिकाले लेखेको छ ।
भारतकी महत्वकांक्षी प्रधानमन्त्री इन्दिरा गान्धीले २०२५ सालमा स्थापना गरेको रअले २०५९ सालदेखि अझ सघन रुपले नेपालमा संलग्नता जनाएपनि मधेस आन्दोलनको नेतृत्व रअले नै गरेको उक्त प्रत्रिकाको दाबी छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्