सत्यकथा – सपनाको नम्बर
केही समयपछि मात्र फोन उठाएँ । नयाँ स्वर
सुनियो । भर्खरको केटा होला । बोल्न सबैले कहाँ जान्दछ र । अलि टर्रो बोली
थियोे । मलाई पनि रिसरिस उठ्यो । जस्ताको तस्तै उत्तर दिउँ कि ढाँटेर उत्तर
दिउँ जस्तो लाग्यो । तर पनि केही इमेर्जेन्सी होला कि जस्तो ठाने र
बिस्तारै बोलें । सही उत्तर नै दिए । झण्डै ५ मिनेट जति कुराकानी चल्यो ।
कहाँ पर्यो ?
चरिकोट दोलखा ।
को बोलेको ?
जीवन ।
जीवन के ?
जीवन लामा ।
के गर्नु हुन्छ ?
चरिकोट दोलखा ।
को बोलेको ?
जीवन ।
जीवन के ?
जीवन लामा ।
के गर्नु हुन्छ ?
अनि, मेरो पारो तातिन थाल्यो । र मैले पनि सोधें ।
तपाईं चाहिँ को हो ? कसलाई खोजेको ?
तपाईं चाहिँ को हो ? कसलाई खोजेको ?
त्यसपछि मेरो प्रश्न नसकिंदै फोन राख्यो
उता । मलाई फेरि मनमा खुल्दुली चल्न थाल्यो । कोही चिनेको साथी पो हो कि ?
जिस्काएको पो हो कि ? नत्र मलाई त्यसरी किन नचाहिंदो ढंगले प्रश्न गरेको
होला जस्तो लाग्यो । मनमा यस्तै कुरा खेल्दै फेरि किताब पल्टाउन लागें ।
लगभग १० मिनेट पछि फेरि त्यही नम्बरबाट
फोन आयो । मैले रिसले उठाइन । पढ्न लागें । फेरि आयो । फोन उठाएँ । महिलाको
स्वर थियो । अहिलेका सोधाई अघिको केटाको भन्दा फरक थियो । नरम र मीठो ।
उनको प्रश्न पनि अघिको भन्दा फरक थिएन, तर नरम ।
कहाँ पर्यो होला ?
चरिकोट, दोलखा ।
को बोल्नु भयो होला ?
जीवन लामा ।
तपाईं चाहि ?
म, सर्लाहीबाट ।
तपाईं को हो ? के गर्नुहुन्छ ?
चरिकोट, दोलखा ।
को बोल्नु भयो होला ?
जीवन लामा ।
तपाईं चाहि ?
म, सर्लाहीबाट ।
तपाईं को हो ? के गर्नुहुन्छ ?
म एकछिन त झस्कें पनि । कसैले मेरो बारेमा
गलत सूचना पो दिएछ कि जस्तो लाग्यो । किन मलाई अहिलेसम्म यस्तो प्रश्न
गर्ने मान्छे नै छैन । मलाई जिस्काउने साथीहरुले समेत यसरी सोधेको थाहा छैन
। अलि अलि रिस पनि उठ्यो र डर पनि ।
अनि, मैले प्रश्न गरे किन नि ? तपाई चाहि को हो ?
नम्र स्वरमा उत्तर आयो–तपाई धामी, झाँक्री केही पर्यो कि ? भनेर सोधेको ।
नाई म त त्यस्तो कुनै परेन त, किन नि ?
नम्र स्वरमा उत्तर आयो–तपाई धामी, झाँक्री केही पर्यो कि ? भनेर सोधेको ।
नाई म त त्यस्तो कुनै परेन त, किन नि ?
तपाईको नम्बर एकजना बिरामीले भनेको हुनाले
तपाईलाई फोन गरेको । बिरामी परेको धेरै भयो । राति सपनामा तपाईंको नम्बर
कण्ठस्थ भयो रे । न तपाई कुनै धामी, झाँक्री परेको भएर पो त्यसरी नम्बर आयो
कि भनेर फोन गरेको ।
कुरा सुनेर म झस्के पनि । छक्क पनि परें ।
अनि सोध्न मन लाग्यो । सबै कुरा त गर्न मन लागेन । तर पनि कहाँ कसरी
त्यस्तो भयो मलाई खुल्दुली लाग्यो । किन कि पहिलो पटक यस्तो खबर सुन्दा
अच्चम लागेको हुनाले ।
कसरी त्यस्तो भयो त ?
खै ? कसरी कसरी ?
सर्लाही कुन ठाउँ पर्यो नि ?
नयाँ सडक ।
के भएको बिरामीलाई ?
कसैले पत्तै लगाउनै सकेको छैन ।
मेरो यो नम्बर उसैले भनेको ?
हो । आज बिहान ।
खै ? कसरी कसरी ?
सर्लाही कुन ठाउँ पर्यो नि ?
नयाँ सडक ।
के भएको बिरामीलाई ?
कसैले पत्तै लगाउनै सकेको छैन ।
मेरो यो नम्बर उसैले भनेको ?
हो । आज बिहान ।
मलाई थप कुरा गर्न मन लागेन । मैले गर्ने
सहयोग पनि केही थिएन । यदि म धामी झाँक्री भईदिएको भए त गएर चटक्कै निको
पार्थें । के गर्नु । म आफै अलमलमा परे । स्वास्थ्यकर्मी त हुँ तर तिमी
धामी झाँक्री बाहेक अरु केही हो कि सोधेको भए भन्थें । मलाई यो प्रश्नले
पछिसम्म झस्काई रह्यो ।
यदी अन्धविश्वास छ भनौ भने कसैलाई विश्वास लाग्दैन । छैन भनौ भने यसरी सपनामा नम्बरनै कण्ठ भनिदिन्छ । विश्वास कसलाई गरुँ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्