म्यानचेष्टर युनाइटेडविरुद्ध बोर्नमाउथको अप्रत्यायिक जित
२०७२ मंसिर २७ गते, काठमाडौं । म्यानचेष्टर
युनाइटेडलाई पराजित गर्दै बोर्नमाउथले इंग्लिस प्रिमियर लिगमा एकै साता
दोस्रो अप्रत्यासित जित हात पारेको छ ।
अघिल्लो खेलमा च्याम्पियन चेल्सीलाई
हराएको बोर्नमाउथले शनिबार राति भएको खेलमा युनाइटेडलाई २-१ गोल अन्तरले
पराजित गरेको हो । हारसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसाग अंक
बराबरी गर्ने मौका गुमाएको छ ।
घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले
दोस्रो मिनेटमा नै जुनियर स्टानिसलासको गोलबाट अग्रता लिएको थियो । २४ औं
मिनेटमा फेलिनीले बराबरी गोल फर्काए ।
खेलको ५४ औं मिनेटमा जोशुआ किङले गोल
गर्दै बोर्नमाउथलाई २-१ गोलको अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र
बोर्नमाउथले साताको दोस्रो अप्रत्यासित जित हात पारेको छ ।
उसले अघिल्लो खेलमा च्याम्पियन चेल्सीलाई उसकै घरेलु मैदानमा १-० ले हराएको थियो ।
हारपछि म्यानचेष्टर युनाइटेड १६ खेलबाट २९
अंकका साथ चौथो स्थानमा छ भने लिग लिडर सिटीको ३२ अंक छ । बोर्नमाउथ भने
१६ अंकका साथ १४ औं स्थानमा उक्लिएको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्