सुनको भाउ बढ्यो

सुनको भाउ बढ्योकाठमाडौं, मंसिर २७ – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ । सुन तोलामा ४८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ४८ हजार ४ सय रुपैयाँ थियो ।
दुई महिनायता सुनको भाउ ४८ र ४९ हजारको हाराहारीमा उतारचढाव आइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ भने केही दिनदेखि स्थिर छ । चाँदी आइतबार पनि तोलाको ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्