सर्लाहीमा दुई बेवारिसे शव भेटिए

Sarlahiमंसिर, २०७२ मंसिर २७ गते
सर्लाही । सर्लाहीको शंकरपुरस्थित सागरनाथ वन परियोजना नजिकै रहेको श्रीनगर टोलमा शंकर ८ मा दुई व्यक्तिका शव फेला परेका छन् । परालले छोपेर राखेको अवस्थामा दुई जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन । मृतकहरु मधेसी मूलका रहेको प्रहरीले बताएको छ । दुबैको छातीमा गोलीको दाग छ । साथै धारिलो हतियारको समेत चोट छ । स्थानीयले शनिबार साँझ सात बजे परालभित्र छोपिएर राखेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको कहाँ हत्या भयो र कसले त्यहाँ लुकायो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्