अत्तालीदै भारतीय गृहमन्त्रीले भने- नेपालको सीमामा तत्काल जासुस खटाउ

rajnath-singhकाठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँग जोडिएका नाकाहरुमा तत्काल आवश्यक मात्रामा जासुसहरु खटाउन भारतीय सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सीमा सुरक्षा बलका अधिकारीहरुसँगको समिक्षा बैठकका क्रममा सिंहले खुला सीमा क्षेत्रमा आवश्यक मात्रामा जासुर परिचालन गर्न निर्देशन दिएका हुन् । उनले नेपालसँगको खुला सीमालाई विशेष ध्यानमा राख्न आग्रह समेत गरेका छन् । आफ्नो मन्तव्यका क्रममा निकै अत्तालीदै बोलेका सिंहले नेपालमा जारी आन्दोलन र आतंकबादी हमलाको सन्त्रास फैलिएकाले आवश्यक मात्रामा जासुस परिचालन गर्न निर्देशन दिएका थिए । उनले भारत विरुद्ध विभिन्न आतंकवादी संगठनहरुले हमलाको योजना बनाएको खबर आएकाले खुल्ला सीमा भारतकालागि समस्या भएको बताएको द एसियन एजले जनाएको छ ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्