ऋषि धमलाको घरमा आगलागी

मंसिर २७ – काठमाडौंको रानीबारीमा रहेको पत्रकार ऋषि धमलाको घरमा आगलागी भएको छ । तीनतले घरमा बिहान ७ बजेतिर विद्युत सर्ट भएर आगो लागेको र तीन वटा कोठाका सामान पुरै जलेको धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाइभोल्टेजका कारण बिजुली सर्ट भएर आगो लाग्दा ७/८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । दमकल, प्रहरी र स्थानियबासिन्दाको प्रयासमा ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको थियो ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्