सुनको भाउ ४५ हजारसम्म झर्ने अनुमान

सुनको भाउ ४५ हजारसम्म झर्ने अनुमानपुस  – अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाएपछि सुनको भाउ घट्ने अनुमान गरिएको छ । अमेरिकाको केन्द्रीय बैंकले झण्डै  १० वर्षमा पहिलो पटक ब्याजदर बढाएको हो ।
ब्याजदर बढेपछि डलरको भाउ बढेको छ भने विश्व बजारमा शेयरको बजार पनि बढ्दै गएको छ ।  डलर मजबुत हुँदै जानुले अब सुनमा भएको लगानी अन्य शेयर बजारमा आकर्षित हुने सम्भावना छ ।
यसले गर्दा सुनको भाउ घट्ने अनुमान गरिएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार सुनको भाउ तोलामा ४५ हजारसम्म घट्ने सक्ने आँकलन गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँंस १ हजार ६९ डलर छ । 
अमेरिकी केन्द्रीय बैंकले व्याज बढाएसँगै यो भाउ घट्ने सम्भावना छ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर छ । बुधबार जस्तै सुन तोलामा ४८ हजार ४ सय रुपैयाँ छ । मंसिर महिनाको तेस्रो हप्तासम्म सन्तोषजनक रहेको सुनको कारोबार पुस महिना लागे लगत्तै घटेको छ ।
विवाहको सिजनले गर्दा मंसिर तेस्रो हप्तासम्म सुनको माग ३५ किलो भन्दा माथि थियो । चौथो हप्ता लागेपछि ३० किलोको हाराहारीमा झरेको सुनको माग पुस लागेपछि कारोबार झन् खस्केको सुन चाँदी व्यावसायीले बताएका छन् । उनीहरुका अनुसार सुनको कारोबार २ हप्तासम्म बढ्ने सम्भावना छैन ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्