पुरानो घर भत्काएर बल्खुमै पाँच करोडको नयाँ भवन बनाउँदै एमाले

Balkhu UML party office_crack after earthquake (11)काठमाडौं । भूकम्पले पार्टी मुख्यालय भत्काएपछि नयाँ भवन निर्माणको तयारीमा लागेको नेकपा एमालेले फेरि पुरानै ठाउँ बल्खुमा नयाँ भवन बनाउने तयारी थालेको छ ।
बल्खुको जग्गा बेचेर ठूलो र सुविधासम्पन्न कार्यालय भवन बनाउने तयारीलाई थाती राख्दै पुनः त्यहीँ नयाँ भवन बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।
एमालेको नाममा बल्खुमा नौ रोपनी एक आन जग्गा र पुरानो भवन छ । ९ अाना जग्गामा बनेको यो भवनको चलनचल्तीको मूल्य ३४ करोड रुपैयाँ रहेको एमाले मुखपत्र नवयुगमा उल्लेख छ । ०७२ चैतभित्रै पुरानो भवन भत्काएर करिब पाँच  करोड रुपैयाँ लागतमा भूकम्पप्रतिरोधी, अत्याधुनिक प्रविधिमैत्री भवन बनाउने तयारी एमालेको छ ।
मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।
‘यस विषयमा केन्द्रीय सचिवालयमा समेत एकसरो छलफल भइसकेको छ’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए  । भूकम्पबाट कार्यालय क्षतिग्रस्त भएपछि एमाले निकट इन्जिनियर भरत पहारीसहितको इन्जिनियर टोलीले भवनमा रातो स्टिकर टाँसेको थियो ।
त्यसपछि एमाले नेताहरुबीच बालकुमारीस्थित नौ रोपनी क्षेत्रफलमा रहेको तुल्सीलाल प्रतिष्ठानमा कार्यालय सार्ने छलफल भयो । तर, वर्षामा हिलाम्मे  हुने भन्दै पासाङल्हामु प्रतिष्ठानमा कार्यालय सार्ने योजना बन्यो र सर्‍यो पनि । त्यहीबिचमा मदननगरको जग्गा बेच्ने र चक्रपथ आसपास उपयुक्त जग्गा खोज्ने योजना पनि बनेको थियो ।
बल्खुमा पर्याप्त जग्गा रहेको र मदन भण्डारीको भावनासँग जोडिएको भन्दै देशभरका कार्यकर्ताबाट पनि दबाब परेपछि नेताहरु बल्खुमै नयाँ भवन बनाएर पार्टी कार्यालय राख्ने निष्कर्षमा पुगेका हुन् ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्