कुन ब्लडग्रुप भएका मानिसले के खाने, के नखाने ?
हामी धेरैलाई थाहै छैन की मानिसको रक्त समूहले समेत उसलाई चाहिने सन्तुलित भोजनको प्रकार निर्धारण गरेको हुन्छ ।
मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन
छनोट गर्न नसक्दा मानिसमा एसिडीटी, अपच, कब्जियत तथा वजन बढ्ने लगायतका
समस्या पैदा हुने गरेको कतिपय अ्रध्ययनहरुबाट प्रमाणित भैसकेको छ ।
पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन
नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ ।
त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका
स्वास्थ्य समस्या निम्त्याउँछ । आउनुहोस् जानौँ कुन रक्त समूहका मानिसका
लागि कस्तो प्रैकारको भोजन उपयुक्त हुन्छ ।
ओ: यो रक्तसमूह भएका मानिसहरुको पाचन
क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका
मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका
मानिसहरुका लागि मासु तथा माछाको सेवन गेडागुडीको सेवन भन्दा उपयुक्त हुन्छ
। यसका लागि उनीहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।
ए: यो रक्तसमूह भएका मानिसहरुमा दुधजन्य
पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने
क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु
कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा
साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी
लगायतका चिजहरु खानु राम्रो हुन्छ ।
बी: यो ब्लड ग्रुपका मानिसहरुले तेलहन
जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका
मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न,
माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।
एबी: भोजनको मामिलामा यो रक्तसमूहका
मानिसहरु सबैभन्दा बढि भाग्यमानी हुन्छन् । यिनीहरुले लगभग सबै खाले
खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका
मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ । तर खान मिल्यो भन्दैमा
भकाभक खाइरहनु चाहीँ हुँदैन । सन्तुलित तथा ठीक्क खानेकुरा मात्र खानुपर्छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्