पति विदेशमा, पत्नी चक्करमा

planeदोलखा – छब्बीस वर्षीया कल्पना (नाम परिवर्तन) को बिहे सात वर्षअघि दक्षिणी गाउँ भेड्कुका एक युवकसँग भयो । उनले छोरो जन्माइन् । सासूससुराले आत्मविश्वाससहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार पनि दिए । जिन्दगी राम्रैसँग चल्दै थियो । परिवार चलाउन धौधौ परेपछि घरसल्लाहमै एक वर्षअघि पति विदेसिए । त्यसको दुई महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिइन् र पति नफर्कंदै सम्पत्ति लुट्पुट्याएर उसैसँग भागिन् ।  – भीमेश्वर नगरपालिका– ३ की २१ वर्षीया एक महिला पति बिदेसिएको महिना दिनमै परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पत्ति गुट्मुट्याएर तिनै प्रेमीसँग भागिन् । यी दुई प्रतिनिधि घटना हुन् । जिल्लामा बिदेसिने युवाको संख्या जसरी बढ्दो छ, त्यसरी नै पतिलाई नांगेझार बनाएर परपुरुषसँग सल्कनेको संख्या पनि । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला सेलमा पतिको घर छाडेर अन्यत्रै भाग्ने महिलाको खोजतलास गरी पाऊँ भनी निवेदन दिने पनि बढेको तथ्यांकले देखाउँछ ।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्