खबर,
समाचार
»
माग पूरा नभए चैत मसान्तपछि फेरि आन्दोलन चर्किन्छः महतो -
माग पूरा नभए चैत मसान्तपछि फेरि आन्दोलन चर्किन्छः महतो -

रौतहट- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले बुझाएको ११ बुँदे मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । आज सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा उनले मोर्चाको मागलाई सरकारले चैत मसान्तसम्म पूरा नगरे आन्दोलन चर्किने बताए । उनले आन्दोलन कमजोर भयो, तुहियो र औचित्य सकियो भन्नु निरर्थक रहेको दाबी गर्दै मोर्चाको तर्फबाट आन्दोलनको स्वरूप परिवर्तनमात्र भएको बताए । उनले भने – हामी शक्ति सञ्चय र पार्टीका सङ्गठनलाई बलियो बनाउन लागिपरेका छौँ । यसलाई कमजोरीका रूपमा कसैले नठान्न आग्रह गर्दछौँ ।” उनले मोर्चाले चलाएको आन्दोलनले जनतालाई बढी दुःख भएको बुझेर केही समयका लागि आन्दोलनको स्वरूप परिवर्तन गरेको पनि दाबी गरे । रासस
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्